Sunday 15th March 2026

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस–सुन्तलीको एक लाख सहयोग

7 years अगाडी

काठमाण्डौ – चर्चित हाँस्यकलाकार तथा समाजसेवीद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि एक लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

बिहीबार बिहान एक स्टाटस पोस्ट गर्दै धुर्मुस–सुन्तलीले आफ्नो छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा सहयोगको घोषणा गरेका हुन् ।सुबिहानीको जन्म उत्सवको अवसरमा धुर्मुस सुन्तलीले कुनै विशेष कार्यक्रमको आयोजना नगरी रङ्गशाला निर्माणमा सहयोग गरेका हुन् ।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रङ्गशालाका लागि सहयोग गर्न चाहान्छौँ’, उनले लेखेका छन्, ‘हाम्रा हरेक बिशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ ।’

धुर्मुस–सुन्तली छोरी जन्मिएको ८ महिनापछि नै निरन्तर सामाजिक काममा अघि बढेका धुर्मुस सुन्तलीले आफ्नी छोरीसँग धेरै समय बिताउन पाएका छैनन् । तर यसपालिको छोरीको जन्मदिनमा भने पुरै दिन छोरीलाई समय दिने सुन्तलीको योजना छ । रङ्गशालाको विशेष कामले चितवन पुगेका धुर्मुस–सुन्तली बुधबार बेलुकीमात्र काठमाण्डौं फर्किएका छन् ।

अहिले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को फिल्डको काम भैरहेको छ । केही समयमै रङ्गशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुने धुर्मुस–सुन्तली बताउँछन् ।

          March 14, 2019 12:30 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...