टिक-टकबाट भाईरल भएका जुम्ल्याहा दिदी बहिनीको जुम्ल्याहा दाजुभाई नै व्वायफ्रेण्ड (भिडियो)
काठमाडौं – सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले अघिल्लो समय चलचित्र रोल्पा रोग चलचित्रमा गीत गाएका थिए । उनले उक्त गीतमा शव्द पनि आफै कोर्दै, सँगीत पनि गरेका थिए । उनी आफैले अभिनय गरेको उक्त चलचित्र सफल नहुँदा गीत पनि छायाँमा पर्यो । अब शिशिर आफ्नो नयाँ नचाउने गीत लिएर आउँदैछन् ।
शिशिरकै आवाज रहेको उक्त गीतको शिर्षक छ, हाम्रो माया जिन्दावाद । शिशिरकै शव्द रहेको गीतमा राजनीति र माया मिश्रण गरी शव्द कोरिएको छ । उनकै अभिनय रहेको गीत शिशिरकै जन्मदिनको अवसर पारेर चैत्र १ गते दिउँसो २ बजे युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट रिलिज हुनेछ ।
गीतमा तीन जोडी जुम्ल्याहारुको अभिनय रहेको छ । प्रिज्मा र प्रिन्सीले पनि जुम्ल्याहा दाजु भाई नै व्वायफ्रेण्ड पाएका छन् । त्यस्तै अर्का जुम्ल्याहा दिदी बहिनी दिपा दमन्ता श्रेष्ठको पनि गीतमा अभिनय छ ।
शिशिरसँगै टिक टकबाट भाईरल भएका दुई जुम्ल्याहा दिदी बहिनीहरु प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको छ । ४ लाख भन्दा माथिको खर्चमा बनेको भिडियोबाट शिशिरले धेरै आशा बोकेका छन् ।
दिपक सिलवालको सँगीत रहेको गीतलाई युटुबमा आएपछि सबैले हेरेर लाईक, कमेन्ट र शेयर गरिदिनुहुनेछ भन्ने आशा बोकेको छु, शिशिरले बताए । गीतमा नवराज उप्रेतीको छायाँकन, नबिन निरौलाको सम्पादन र सुरेन्द्र बसेलको नृत्य र निर्देशन रहेको छ ।
March 14, 2019 12:47 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता