बस र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, १० जना घाइते
सप्तरी, फागुन ३० । सप्तरीमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । सप्तरीको सुरुङ्गा नगरपालिका ५ मा यात्रुवाहक बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक ३५ वर्षिय रामे पासवान र सोही ठाउँका ५० वर्षिय मो.मजलुमको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उदयपुरको रामपुर ठोक्सिलाबाट तिर्थ यात्री लिएर जनकपुरको लागि हिँडेको को.१ ख.४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को.३४ प.६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बसमा ३५ जना यात्रु रहेका र १० जना घाइते भएका प्रहरीको भनाइ छ ।
घाइते हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ७८ वर्षिय गोविन्दबहादुर बस्नेत, सोही ठाउँका ७७ वर्षिय बलबहादुर विष्ट, ७५ वर्षिया दिल कुमारी पोखरेल, ९६ वर्षिया वुद्धीमाया वि.क रहेका छन् ।
७५ वर्षिया जगमाया खड्का, ७२ वर्षिय रत्नबहादुर कार्की, ७५ वर्षका छत्रबहादुर कार्की, ७५ वर्षकै पदमबहादुर विष्ट, ७५ वर्षिया वालिका वस्नेत र ६५ वर्षिया सुमित्रा श्रेष्ठ घाइते हुनुभएको हो । घाइतेहरुको सप्तरिषी सेवा अस्पताल लहानमा उपचार भईरहेकोे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, सप्तरीको खडक नगरपालिका ५ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.१ ज.६६६७ को विङ्गर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गाडीको ढोका अचानक खुस्किएपछि गाडीमा सवार सुरुङ्गा नगरपालिका वडा नम्वर–११ का ३५ वर्षिया कल्पना चौधरी घाइते हुनुभएको थियो । उपचारको लागि न्युरो अस्पताल बिराटनगर लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।
March 14, 2019 1:51 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध