ब्वाइफ्रेण्डसँग सहवास गर्दागर्दै युवतीलाई अस्पताल दौडाइयो
मड्रिड। स्पेनमा यौन सम्बन्धको बीचमा अनौठो दुर्घटना भएको छ । यहाँ एकजना युवती आफ्ना प्रेमीसँग शारीरिक सम्बन्ध राख्दा अचानक बिरामी भएपछि उनलाई त्यही अवस्थामा अस्पताल दौडाउनु परेको छ।
कहिलेकाहीँ यौनक्रिया मानिसका लागि घातक पनि बन्दो रहेछ । स्पेनकी ३१ वर्षीया एक युवतीले आफ्नो ब्वायफ्रेण्डसँग ओरल सेक्स (मुखमैथुन) गरिरहेको अवस्थामा घातक एलर्जी भएर गम्भीर रुपले निरन्तर वान्ता हुन थाल्यो ।
जसका कारण उनलाई आकस्मिक रुपमा अस्पताल पुर्याउनु परेको हो । घटनाबारेमा थाहा पाउँदा डाक्टरहरु नै अचम्ममा परे ।
डाक्टरहरुका अनुसार प्रेमीसँगको यौनक्रिडाका क्रममा मुखमैथुन गर्दा जब प्रेमीको विर्य निलिन् । तब उनलाई वान्ता आउन सुरु भएको थियो । साथै उनलाई स्वास फेर्न पनि कठिन भयो ।
उनलाई तत्कालै अस्पताल पुर्याइयो । पछि के थाहा भयो भने यौनक्रिडाको चार घण्टाअगाडि ती युवतीका प्रेमीले एमोक्सिलिन क्लेभुलेनिक एसिड पेनिसिलिन औषधि लिएका रहेछन् ।
ती युवतीलाई पेनिसिलिनको एलर्जी रहेछ । प्रेमीले सेवन गरेको औषधिको मात्रा उनको वीर्यमा समेत मिसिएका कारण मुखमैथुनका कारण उनलाई गम्भीर एलर्जी भएर वान्ता भएको रहेछ । ती युवती र उनका प्रेमीको नाम खुलाइएको छैन ।
March 15, 2019 11:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने