अमेरिकामै बोइङ म्याक्सको उडान स्थगित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, १ चैत । संयुक्त राज्य अमेरिकाले आफ्नै देशको जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज उडान तत्कालका लागि स्थगित गरेको छ ।
विगत ६ महिनामा बोइङको उक्त मोडलका दुई जहाज दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको मृत्यु भएपछि अमेरिकाले यस्तो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स संस्करणका जहाजमा उडान स्थगनको घोषणा गरेका छन् ।
आइतबार मात्रै इथियोपियन एयरलाइन्सको बोइङ म्याक्स ८ दुर्घटनामा पर्दा जहाजमा सवार सबै १५७ जना यात्रुको मृत्यु भएको थियो । इथियोपियाबाट केन्याका लागि उडान भरेको केही समयमै उक्त जहाज दुर्घटनामा परेको थियो । गत अक्टोबरमा पनि लायन एयरको उही मोडलको बोइङ जाभा समुन्द्रमा दुर्घटनामा पर्दा १८९ जना यात्रुको मृत्यु भएको थियो ।
March 15, 2019 11:28 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...