तामिलनाडु : यौन उत्पीडनको भिडियो बनाउने यो समूह
भारतीय सोसल मिडियामा एउटा भिडियो तीब्र रुपमा फैलिरहेको छ । उक्त भिडियोमा एक युवती रोइ कराई गरिरहेकी छिन् । उनी आफ्ना ‘प्रेमी’ र उनका साथीसँग यौन उत्पीडन नगर्न आग्रह गरिरहेकी छिन् ।
यो घटना दक्षिण भारतको तामिलनाडुको कोयंबतुर जिल्लाको हो । यस घटनामा संलग्न रहेका चार अभियुक्तको नाम सार्वजनिक भएको छ – वसन्त कुमार, सबरीश, सतिश र तिरुनावकरसु । तिरुनावकरसुलाई मुख्य अभियुक्तका रुपमा हेरिएको छ । यी चारै अभियुक्तलाई पुलिसले पक्राउ पनि गरिसकेको छ ।
यी चारैजना पोल्लाची शहरमा बस्दै आएका छन् । उनीहरुविरुद्ध सामाजिक सञ्जालमार्फत युवतीसँग साथी बन्ने र उनीहरुलाई सुनसान ठाउँमा लगेर यौन उत्पीडनको भिडियो बनाउने गरेको र भिडियो सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेल गर्ने गरेको आरोप लागेको छ ।
पीडितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका भाइले पोल्लाची पुलिस चौकीमा उजुरी दिएका थिए । घटनाका बारेमा पीडितका भाइले उजुरी दिएपछि पीडितका भाइलाई केही मानिसहरुले हमला गरेका थिए । हमला गर्नेमध्ये वसन्त कुमार, सेन्तिल र नागराजलाई पनि पुलिसले पक्राउ गरेको छ ।
पुलिसले दिएको जानकारी अनुसार उनीहरुले अभियुक्तबाट चारओटा मोबाइल फोन जफत गरेका छन् जसमा चार महिलाको यौन उत्पीडनको भिडियो भेटिएको छ । तिरुनावकरसु आफ्नो महिला साथीकै कारण कयौँ पटक पुलिसबाट बचेका छन् । पुलिसले ती महिलाको पहिचान भने खुलाएको छैन ।
March 15, 2019 11:37 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव