Sunday 15th March 2026

आज विश्व उपभोक्ता अधिकार दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

7 years अगाडी

काठमाडौं। आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरि विश्वभरि मनाइदै छ। हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रुपमा मनाउने गरिन्छ सन् १९६२ मा आज कै दिन अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी कांग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवश मनाउदै आइएको छ।

तत्कालिन अवस्था देखि अहिले सम्म हरेक नागरिकले आफ्नो उपभोग अधिकारको बारेमा चुनौती खेप्दै आउनु परेको छ। यसै अवशरमा काठमाडौँमा बाणिज्य विभागले विभिन्न जनचेतनामूलक नारा लेखिएका ब्यानर प्लेकार्ड सहित प्रभातफेरीको आयोजना ग-यो।

साथै विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले देशै भरि कार्यक्रम गरिरहेका छन्। दिवसको अवशरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उपभोग्य अधिकार सुनिश्चित गर्न सर्वप्रथम स्वयं जागरुक हुनुपर्ने भन्दै शुभकामना सन्देश दिएका छन्।

प्रधानमन्त्री ओलीले जारी गरेको सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न आग्रह पनि गरेका छन्।

          March 15, 2019 12:09 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...