प्रदेश सांसदका छोरा १४ दिनदेखि काठमाडौंबाट बेपत्ता !
काठमाडौं– सुदुरपश्चिम प्रदेशका सांसद अफिलाल ओखेडाको छोरा सागर शर्मा (ओखेडा) विगत १४ दिनदेखि बेपत्ता छन् । काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलबाट १६ वर्षीय सागर फेला नपरेको भन्दै सांसद ओखेडा दिनहुँजसो महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखामा धाइरहेका छन् । तर, प्रहरीले उनको छोरा कता हराए भन्नेबारे पत्ता लगाउन सकेको छैन ।
नेकपा बझाङका नेता समेत रहेका ओखेडाले आफ्नो छोरा खोजिदिन आग्रह गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका छन् । ‘सागर शर्मा (ओखेडा) हराएको र खोजतलास गरिपाउँ भन्दै निवेदन आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘सिडीआर रिपोर्ट आएको छ, अपराध महाशाखा र काठमाडौं परिसर दुवै ठाउँबाट खोजतलास गर्ने काम भईरहेको छ ।’
फागुन १८ गते फोन स्वीच अफ गरेर सम्पर्क विहिन भएका सागर रत्नराज्य स्कुलमा कक्षा १० मा पढ्दै आएका थिए । एसइई परीक्षा नजिकै आएको अवस्थामा परिवारले राम्रोसँग परीक्षाको तयारी गर्न सुझाएपछि उनी सम्पर्क विहिन भएको बताइएको छ ।
सन्की स्वभावका सागरलाई सांसद ओखेडाले ‘स्कुल किन नगएको ?’ भन्दै हप्काएका थिए । बावुले हप्काएपछि सागरले फागुन १६ गते अमेरिकी दूतावासमा फोन गरेर ‘अमेरिका जान कत्ति पैसा लाग्छ’ भनेर सोधेका थिए । त्यसपछि फोन अफ गरेर हिँडेका सागर परिवारको सम्पर्कमा गएका छैनन् । प्रहरीले खोजी जारी राखेपनि उनी फेला पर्न नसकेको बताइएको छ । सागरले चलाउँदै आएको मोवाइल विगत १४ दिनदेखि बन्द छ ।
March 15, 2019 1:28 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध