खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजद्वारा मृगौला रोगिलाई आर्थिक सहयोग ।
तेज थापा, साउदि अरब
साउदी अरबमा कृयासिल खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज (KBS) केन्द्रीय समितिले मृगौला रोगि सम्झना बुढाथोकीलाई नगद ३२ हजार २ सय ९५ रुपैया आर्थिक सहयोग गरेको छ। झापा जिल्ला सिबसताक्षी नगरपालिका ९ स्थित दुधे स्थाइबासि सम्झना बुढाथोकी दुबै मृगौला प्रत्यारोपण गर्नुपर्ने दयनीय स्थितिमा छिन् । अस्पताल उपचारको क्रममा डाक्टरले परिक्षण गर्दा दुबै मृगौला फेलर भएको पत्ता लगाएका थिए ।

घर परिवारले उपचारका खासै वास्त नगरेपछि पिता भुवन बुढाथोकी र आमा दुर्गा देबिले उनलाई माइती घरमै राखि उपचार गराइरहेको खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका साउदी अरबका केन्द्रीय अध्यक्ष लिला (बिचारी) बहादुर बुढाथोकीले बताए । उनले दिएको जानकारी अनुसार सम्झनाका बाबुआमाले लगभग २६ लाख नगद सहित जाय जेथा र बस्ने घर पनि बेचेर छोरीको उपचार गराइरहेको छन् ।

बिरामीको अवस्था र बाबुआमाको पिडालाइ मध्यनजर गरि खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजका केन्द्रीय पदाधिकारी बिच छलफल गरि कोषबाट २३ हजार ५ सय ५२ रुपैयाँ र बाकि पदाधिकारीहरुको व्यक्तिगत सहयोगमा जम्मा ३२ हजार २ सय ९५ रुपैया बिरामीका बा-आमालाई आर्थिक सहयोग गरिएको बिचारीले जानकारी दिएका छन् । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज झापाका कार्य समिति कोषाध्यक्ष एवम् भवन निर्माण समितिका अध्यक्ष योगेन्द्र बुढाथोकी, सचिब काजीमान बुढाथोकी,फकेन्द्रिय कार्यसमितिका महासचिव डम्बर बुढाथोकी लगायत अन्य सदस्यहरुको रोहवरमा सहयोग रासी हस्तान्तरण गरिएको थियोे ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने