Sunday 15th March 2026

पाल्पाका ३४ विधार्थी एर्सईई परीक्षा दिनबाट वञ्चित

7 years अगाडी

पाल्पा – पाल्पाका ३४ जना विधार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट वञ्चित हुनुपरेको शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाले जनाएको छ ।

यही चैत्र १० गतेदेखि सुरु हुने एसईई परीक्षामा पाल्पाबाट पाँच हजार ३८ विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ छात्र दुई हजार ३७५ र छात्रा दुई हजार ५६१ गरी चार हजार ९३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५, नयाँ ६७ जना गरी जम्मा १०२ जना गरी जम्मा पाँच हजार ३८ सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइ, पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

सामुदायिक १११, संस्थागत २० र खुला एक गरी जम्मा १३२ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जिल्पाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

          March 16, 2019 10:29 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...