कस्तो छ फिल्म जानी नजानी? यसो भन्छन् दर्शक ( भिडियो)
काठमाडौं। रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र जानी नजानी शुक्रबारदेखि प्रर्दशनमा आएको छ।चलचित्र हेर्न पहिलो दिनमै हलमा दर्शकको घुँइचो लागेको रोशनी केसीले बताइन्। उनले चलचित्र राम्रो बनेको र दर्शकहरुलाई हलसम्म गई चलचित्र हेरिदिन आग्रह समेत गरिन्।
चलचित्र युनिटले शुक्रबार साँझ चलचित्रको प्रिमियर शोको समेत आयोजना गरेको थियो। प्रिमियर शोमा विभिन्न कलाकारहरुसहित थुप्रै दर्शकहरुको उपस्थिती रहेको थियो।चलचित्र हेरेपछि उनीहरुले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन्। विशेष गरेर युवाअवस्थामा हुने माया प्रेम, बाबु छोराको सम्बन्ध लगायतका नेपाली समाजका यथार्थ भोगाईलाई चलचित्रमा देखाउन खोजिएको छ।
चलचित्रलाई वसन्त अधिकारीले निर्देशन गरेका हुन्। सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ।
March 16, 2019 10:38 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री