काठमाण्डौं मलका व्यवसायीले सञ्चयकोषमा ज्ञापन पत्र सहित धर्ना दिएका छन्(फोटो फिचर)
सञ्चयकोषले आफुहरु संग कुरा गर्न नमाने पछि विरोध सहित ज्ञापन पत्र बुझाउनु परेको व्यवसायीले बताएका छन् ।द काठमाण्डौं मल व्यपार संघका अध्यक्ष सुषमा महराको नेतृत्वमा सञ्चयकोष गएका व्यपारीलाई प्रशासक तुलसी गौतमले भेट्न नमाने पछि नारा लगाएका थिए ।
व्यपारीको चर्कोनारा बाजी पछि भेट्न तयार भएका प्रशासकले पदाधिकारीलाई वार्तामा बोलाएपछि व्यपारीले नारा लगाउन रोकेका थिए । आफ्नो लगानीको सुनश्चितको नारा लगाउँदै काठमाण्डौं मलका व्यापारी व्यानार सहित सञ्चयकोष भवन पुलचोक पुगेका थिए ।
व्यपारीहरुले ‘व्यवसायी माथिको दमन बन्द गर, व्यवसाय गरी खान देउ, व्यवसायीको लगानी सुनिश्चीत गर , वैज्ञानिक भाडादर कायम गर’ भन्दै नारा लगाएका थिए ।
द काठमाण्डौं व्यपार संघका अध्यक्ष सुषमा महराले १५ वर्षको योजना बनाएर आएका व्यवसायीलाई सञ्चयकोषले तेत्तीकै हटाउन नपाउने बताएकी छन् । उनले यदी व्यवसायीलाई हटाउने नै हो भने आफ्नो लगानी फिर्ता गर्न माग गरेकी छन् । व्यपारीहरुले सञ्चयकोष कै केहि कर्मचारी काठमाण्डौ मलको विषयमा चलखेल गरेको बताउँदै आफ्नो माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
व्यवसायीले काठमाण्डौं मल खाली गराउन लागेको हो की होईन ? काठमाण्डौं मलको बी ब्लक भत्काउने हो की होईन ? भन्ने प्रश्न गर्दै टहराका व्यवसायीलाई तत्काल नहटाउन आग्रह गरेका छन् ।
मलमा वैज्ञानिक भाडादर कायम गर्न भन्दै मलमा टेन्डर आव्हान गर्दा टहराका व्यपारीलाई पहिलो प्रथमिकता दिनु पर्ने आफ्नो माग रहेको व्यपारीले बताएका छन् ।
त्यस्तै काठमाण्डौ मलमा कुनै मलको जस्तो सुविधा नभएको भन्दै इलेक्ट्रिक भ¥याङ, लिफ्ट , सरसफाई लगाएतको व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।छलफलमा सञ्चयकोषले आफ्नो बोर्ड बैठक बसी आइतबार कोषले के गर्छ भन्ने व्यवसायीलाई जानकारी गराउने बताएको छ ।
व्यवसायीले सञ्चयकोषलाई आइतबार सम्मको अल्टीमेटम दिएका छन् । आईतबार सम्म आफ्ना मागको विषयका कुनै राम्रो संकेत नदेखिए भोकहड्ताल सहितको विरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । व्यपारीहरुको ४ अर्व लगानी भएको काठमाण्डौं मलमा झण्डै ३ सय व्यपारी रहेको द काठमाण्डौ व्यपार संघले जनाएको छ ।
March 16, 2019 12:40 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध