प्रितमले भारतीय प्रतिष्पर्धीलाई धुलो चटाए , दिए धमाकेदार प्रस्तुती
पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता निकै भईरहेको छ । उनीहरुले ती शोहरुमा नाम संगै कतिपयले सफलता पाएर पनि आफनो करियरनै बनाईरहेका छन् ।
यसैबीच भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले धमाका गरिरहेका छन् । जिटिभीबाट प्रसारण हुँदै आएको उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्यले आज धमोकदार प्रस्तुती दिएका छन् । होली स्पेशल बनाईएको आजको कार्यक्रममा उनले सोलो नभई डुएट प्रस्तुती दिए ।
उनले शोका अर्का बलियो प्रतिष्पर्धी मोहम्मद फैजले संयुक्त प्रस्तुती दिए ।”बद्रीकी दुल्हनिया” फिल्मको शिर्ष गीत गाएका प्रितमले मोहम्मद फैजलाई ओझेलमै पारेका छन् भन्दा फरक पर्देन ।
मोहम्मद पनि राम्रा गायक हुन तर आजको संयुक्त प्रस्तुतीमा उनलाई प्रितमले खाईदिएका छन् । जज तथा जुरीले उनीहरुलाई स्ट्याण्टिङ ओभिएसन दिए भने जुरी मेम्बरबाट सय प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिएका छन् ।पछिल्लो समय प्रितमले शोमा आफना प्रस्तुतीमा निकै सुधार गरिरहेका छन् ।
जसको कारण पनि उनले चार्ट बस्टर पफर्मेन्स दिईरहेका छन् । यसरी भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् । ढाका टोपीमा देखिने गरेका प्रितमलाई देखेर गर्व नगर्ने सायदै कोही नेपाली नहोलान् ।
March 17, 2019 1:18 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर