सिन्धुलीका ४८ जना परीक्षार्थी एसइई दिनबाट वञ्चित
सिन्धुली । यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसइई) मा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन्। नियमिततर्फ पाँच हजार ४८४, विसं २०७४ को ग्रेड वृद्धितर्फ ८६, २०७३ भन्दा अघिका ५० ले ग्रेड वृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका शाखा अधिकृत नेत्र गजुरेलले जानकारी दिए।
प्राविधिकतर्फ इञ्जिनीयरिङमा ६८, कृषितर्फ ११३ गरी १८१ ले परीक्षा दिने र प्राविधिकहरुका लागि एउटै परीक्षा केन्द्र तोकिएको उनले जानकारी दिए। प्राविधिकतर्फका छात्रछात्राले पानीट्याङ्की माध्यमिक विद्यालय पानीट्याङ्कीबाट परीक्षा दिनेछन्।
यस वर्ष सिन्धुलीबाट ४८ परीक्षार्थी एसइईमा सामेल हुन नपाउने भएका छन् । दुई विद्यालयबाट चार/चार विद्यार्थी र प्राय धेरै विद्यालयबाट एक÷दुई रहेका छन्। ७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन्।
यस्तै यस वर्ष सिन्धुली कारागार केन्द्रबाट एक छात्रले परीक्षामा सहभागिता जनाउने भएका छन्। कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेँसीमा अध्ययनरत भरत आलेमगरले कारागारलाई नै केन्द्र मानेर कारागारबाटै परीक्षा दिने गजुरेलले जानकारी दिए।
जबर्जस्ती करणीको अभियोगमा तीन वर्ष जेल सजाए पाएका भरतले सिद्धस्थली परीक्षा केन्द्रअन्तर्र्गत कारागारमा नै परीक्षा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। सिन्धुलीमा गर्त वर्षको तुलनामा २२१ विद्यार्थीको सङ्ख्या यस वर्ष कमी रहेको छ। सिन्धुलीमा गत वर्ष पाँच हजार ७१५ छात्रछात्राले एसइई परीक्षा दिएका थिए । सिन्धुलीमा २६ परीक्षा केन्द्र तोकिएको छ।
नजिकै देखिए पनि भौगोलिक हिसाबले टाढा हुँदा सबैलाई सहज हुने गरी परीक्षा केन्द्र निर्धारण गरिएको बताइएको छ। उत्तरपुस्तिका प्रहरी कार्यालयमा रहेको र सम्बन्धित केन्द्राध्यक्षले लैजाने क्रम जारी रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ।
यसैबीच एसइई परीक्षालाई व्यवस्थित र मर्यादित तवरले सञ्चालन तथा सम्पन्न गर्न यही चैत ८ गते सबै केन्द्राध्यक्षलाई अभिमुखीकरण दिइने कार्यक्रम रहेको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले जनाएको छ।
जिल्लाभरका १३४ विद्यालयबाट परीक्षामा सहभागी हुने छात्रछात्रालाई पायक पर्ने स्थानमा २६ परीक्षा केन्द्र तोकिएको र यस वर्ष परीक्षामा सहभागी हुने परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको समन्वय एकाइ सिन्धुलीले जनाएको छ।
March 19, 2019 11:50 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग