Sunday 15th March 2026

लागूऔषध सहित १ पक्राउ

7 years अगाडी

मोरङको विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराहक्षेत्र नगरपालिका-१ नेता चोक बस्ने बर्ष २० को मोहन साहलाई पक्राउ गरेको हो ।

बेलुका सवा ५ बजे जोगवनीबाट विराटनगर तर्फ पैदल आउँदै गरेका साहलाई शंका लागि चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध डाईजेल्याब-५५ एम्पुल, एभिल-५५ एम्पुल, लुपिजेसिक-५५ एम्पुल र स्पास्मोप्रोक्सिभोन-१६ क्याप्सुल बरामद गरेको हो । बरामद लागूऔषध सहित साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

          March 19, 2019 1:08 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...