Friday 19th December 2025

आगलागीबाट साढे १६ लाख बढीको क्षति

7 years अगाडी

तेह्रथुम, चैत्र ०५ गते । तेह्रथुमको फेदाप गाउँपालिका-३ जलजलेमा मार्से सामूदायिक जंगलमा लागेको आगोले स्थानीय डोलेश्वर ढुंगानाको घर सल्किदा अन्दाजी १६ लाख
८१ हजार मूल्य बराबरको क्षति भएको छ ।

दिउँसो २ बजे भएको उक्त आगलागीबाट ढुंगानाको ढुंगा, माटोले बनेको फुसको छानो भएको ३ तले घर, घर भित्र रहेको धान, मकै लगायत लत्ताकपडा, भाडावर्तन र काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय तेह्रथुम, प्रहरी चौकी पोक्लावाङ, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा साँझ पौने ७ बजे पूर्ण रुपमा नियन्त्रणमा
आएको उक्त कार्यालले जनाएको छ ।

          March 19, 2019 1:20 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...