होली (फागु)
आयाे फाल्गुन पूर्णिमा विविधता हाम्रो छ संस्कारकाे ।
नेपाली जनकाे छ शुद्ध दिल याे सम्मान सत्कारकाे ।
हाेली शब्द र फागु शब्द जनमा उत्साहका वन्दना ।
याैटै हुन् रङकाे महाेत्सव यहाँ अात्मीय सद्भावना ।
***१***
मैत्रीभावसँगै अनेक रङका हाेली सबै खेल्दछन् ।
नाच्दै रङ्ग दलेर अापस यहाँ श्रद्धा सधैं राख्दछन् ।
हाम्रो देश विशेष चाड सबमा पूजा र अास्थासँगै ।
माया प्रेम विचार उच्च रहने विश्वास बढ्छन् झनै ।
***२***
हाेलीका र छ पूतना कुटिलका उल्लेख के गर्नु त्याे ।
भन्छन् पूर्वज राक्षसी असुर रे चिन्ता थियाे धेरकाे ।
राजा दुष्ट हिरण्यकश्यप जहाँ जाे दैत्य क्राेधी थिए ।
छाेरा ईश्वरभक्त पूर्ण भवमा जाे दिव्य ज्ञानी थिए ।
***३***
फुल्दा फूल वसन्त अागमनकाे हाेलीसँगै फुल्दछ ।
चिन्ता मुक्त भएर अाज हँसिलाे मान्छे यहाँ घुल्दछ ।
हर्षोल्लास बढ्याे उमङ्ग जनमा रङ्गीन भाे जीवन ।
हाेलीकाे रसरङ्ग उत्सवसँगै अानन्द हुन्छन् मन ।
***४***
भुल्दै संस्कृति आज देशभरमा देखावटी चल्दछन् ।
हाेलीकाे बदनाम गर्न जसरी बेढंगले खेल्दछन् ।
इन्द्रेणी रङ भर्छ हर्ष मनमा गर्दै गरे साधना ।
हाेली सत्य समाज हाे विजयकाे सत्मार्गकाे कामना ।
***५***
कविता : हाेली (फागु)
छन्द : शार्दुलविक्रीडित
रचनाकार : नमराज लामिछाने
ठेगना: नुवाकोट /काठमाडौ
हाल: रियाद साउदी अरब
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने