दक्षिण भारतका पाँच सुपरस्टार, जो बलिउड स्टारलाई दिन्छन् टक्कर
दर्शकमाझ बलिउड स्टार अभिनेताहरुको जति फ्यान फलोइङ छ, दक्षिण भारत (साउथ) फिल्म उद्योगका अभिनेताहरु पनि कम छैनन् । साउथका अभिनेताहरुले आफ्नो अभिनय क्षमताका कारण बलिउडका स्टार अभिनेताहरुलाई समेत मात दिने गरेका छन् ।
आज हामी साउथका अभिनेतामध्ये ती पाँच जना सुपरस्टार अभिनेताको बारेमा चर्चा गर्दैछौं, जसले एउटा फिल्ममा अभिनय गरेबापत करोडौं रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।
रजनीकान्त : अभिनेता रजनीकान्त साउथ फिल्मका मात्रै नभएर भारतीय सिनेमाका पनि सुपरस्टार हुन् । यतिमात्रै होइन रजनीकान्त एसियामा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेताहरुमध्ये तेस्रो स्थानमा पर्छन् । साथै उनी भारतका सबैभन्दा महंगा अभिनेता हुन् खबरहरुका अनुसार रजनीकान्तले फिल्म ‘कबाली’ का लागि ४० देखि ६० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए । यस्तै गएको वर्ष प्रदर्शन भएको फिल्म २.० का लागि रजनीकान्तले झण्८ै ८० करोड रुपैयाँ पारिश्रमिक लिएका थिए ।
महेश बाबू : साउथ स्टार महेश बाबूको फ्यान फलोइङ पनि धेरै नै रहेको छ । महेश बाबूले उनको कडा मेहनतका कारण साउथ फिल्म उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनलाई साउथ फिल्म उद्योगमा धेरै पारिश्रमिक लिने अभिनेतामध्येकै एक मानिन्छ ।खबरहरुका अनुसार महेश बाबू एउटा फिल्मबाट २५ करोडभन्दा धेरै पारिश्रमिक लिने गर्छन् । कमाइको हिसाबले महेश बाबू साउथ सिनेमाका साथै बलिउडका टप अभिनेतालाई टक्कर दिन्छन् । महेश बाबूले मिस इण्डिया तथा बलिउड अभिनेत्री नम्रता शिरोडकरका साथ विवाह गरेका छन् ।
प्रभास : फिल्म ‘बाहुबली’ र ‘बाहुबली २’ स्टार अभिनेता प्रभास पनि साउथ फिल्मका स्टार अभिनेत मध्येका एक हुन् । अभिनय क्षमता र आफ्नो सादगीपनका कारण दर्शको मन जित्न सफल प्रभासको फ्यान फलोइङ पनि राम्रै छ ।बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहरले प्रभासलाई बलिउड फिल्ममा ल्याउनका लागि प्रस्ताव पनि राखेका थिए । तर अहिले नै प्रभासले आफूसँग समय नभएको भन्दै त्यसबारे पछि सोच्ने बताएका छन् फिल्म ‘बाहुबली’ सिरिजका लागि प्रभासले प्रति फिल्म २५ करोड रुपैयाँ लिएका थिए । साथै उनी अभिनित अब आउने फिल्म ‘साहो’ का लागि प्रभासले ३० करोड रुपैयाँ मागेका खबरहरु सार्वजनिक भएका थिए ।
पवन कल्याण : झण्डै २२ वर्ष अघि साउथ फिल्ममा आएका अभिनेता पवन कल्याणले केही विशेष फिल्ममा मात्रै काम गरेका छन् । तर उनको स्टाइलिश र पावर इमेजका कारण दर्शकको मन जित्न सफल छन् । पवनको पहिलो फिल्म ‘अक्कड अम्माई लक्कड’ सन् १९९६मा प्रदर्शन भएको थियो ।सन् १९९८ मा पवनको फिल्म ‘ठोली प्रेमा’ले उनलाई राष्ट्रिय पुरस्कार जिताएको थियो । पवनलाई साउथका अमिताभ बच्चन पनि भन्ने गरिन्छ । पवनको २२ वर्षको फिल्मी करियरमा २३ वटा फिल्ममा मात्रै काम गरेका छन् ।उनी एउटा फिल्मको १८ करोड रुपैयाँ पाश्रिमिक लिने गरेका छन् । अभिनयबाहेक पवन राजनीतिमा व्यस्त छन तर पनि फ्यानहरुबीच उनको क्रेज कम भएको छैन ।
जुनियर एनटीआर : साउथ फिल्ममा अभिनय र दमदार फाइटिङका कारण तहल्का मच्चाउन सफल अभिनेता हुन जुनियर एनटीआर । साउथका चर्चित अभिनेता तथा आन्ध्र प्रदेशमा सीएम रहिसकेका एनटी रामारावका नातीको रुपमा सन् १९८३ मा हैदरावादमा जन्मिएका थिए ।जुनियर एनटीआरले उनका कैयौं फिल्ममा उत्कृष्ट अभिनयका कारण आइफा अवार्ड, फिल्म फेयर अवार्ड जितिसकेका छन् । एनटीआरले १६/१७ वर्षको फिल्मी करियरमा कैयाैँ रेकर्ड बनाइसकेका छन् । उनलाई साउथ फिल्मका सलमान खान पनि भन्ने गरिन्छ । उनी एउटा फिल्मको १८ देखि २० करोड रुपैयाँ पारिश्रमिक लिने गर्छन ।
March 20, 2019 10:12 am | चलचित्र