‘ब्लड क्यान्सरले’ थलिएकी जम्मा १९ वर्षकी मिना रुँदै भन्छिन् ‘म बाँच्न चाहान्छु, मलाई अस्पताल लैजाउ’(भिडियो)
घोडाघोडी – कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला पर्नुभएको छ । बमको आर्थिक अवस्था कमजोर छ ।
“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु”, उहाँ पीडा सुनाइ रहनुहुन्छ । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले पीडा सुनाउनुभयो ।
“छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचे । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने”, उहाँले भन्नुभयो ।
बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाउनुभयो । “छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो”, उहाँले भन्नुभयो । बमका मामा टेकबहादुर शाह श्रीमान्ले वास्ता नगर्दा उपचार गर्न बाधा पुगेको बताउनुहुन्छ ।
March 20, 2019 11:10 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता