इजरायली सेनाको कारबाहीमा दुई प्यालेस्टिनीको मृत्यु
नाब्लुस, ६ चैत – इजरायल अधिनस्थ पश्चिम किनारामा इजरायली सेनाले चलाएको गोली लागेर गएराति दुई प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मारिने प्यालेस्टिनीहरुमा २१ वर्षका राइद हमदान र २० वर्षका जाइद नुरी रहेका छन् । उनीहरु प्यालेस्टिनी शहर नाब्लुस नजिकैको धार्मिक स्थल जोसेफ टम्ब आसपास मारिएको बताइएको छ ।
इजरायली सेनाले जारी गरेको एक वक्तव्यमा येहुदी श्रद्धालुहरु जोसेफ टम्ब जानेक्रममा उनीमाथि लक्षित गरी एउटा गाडीबाट विस्फोटक पदार्थले आक्रमण गर्न खोज्दा सेनाले कारबाही गरेको उल्लेख छ । इजरायली पक्षतर्फ कुनै क्षतिको विवरण अद्यापी प्राप्त भएको छैन ।
नाब्लुस शहर इजरायली र प्यालेस्टाइन द्वन्द्वको एक प्रमुख स्थानका रुपमा रहेको छ । येहुदीहरुको विश्वासमा बाइबलमा वर्णित ज्याकोबका १२ औं छोरा जोसेफको जन्मस्थान यही स्थानलाई लिइने गरिन्छ । प्यालेस्टिनी मुस्लिम समुदायले भने इस्लामिक धर्मगुरु शेख युसेर (जोसेफ) ड्वाइकाटको दुई शताब्दीअघि यही स्थानमा दाहसंस्कार गरिएको दाबी गर्दै आएका छन् ।
यो स्थान पश्चिमी किनारामा रहेको प्यालेस्टिनी शरणार्थी शिबिरबाट पनि नजिकमा रहेको छ । पश्चिमी किनारालाई इजरायलले ५० वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ । इजरायली सेनाले नियमित रुपमा यस धार्मिक तिर्थस्थलमा गस्तीका साथ तिर्थयात्रीलाई भ्रमण गराउने गर्दछ ।
March 20, 2019 12:44 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव