

यस्ता छन् जितुलाई होली पर्व मन पर्ने र मन नपर्ने कारण

हास्य कलाकार जितु नेपालको मन पर्ने पर्वहरुमध्ये होली पनि एक हो । यस पटकको होलीमा आफ्ना परिवारसँग रमाइले गर्नुका साथै साथी भाइहरुसँग भेटघाट गरेर मनाउने जितुको योजना छ । विभिन्न कार्यक्रमहरुमा निम्तो आएका कारण सकेसम्म सबै ठाउँमा पुग्ने कोशिस गर्ने जितु बताउँछन् । हामीले हास्य कलाकार जितु नेपाललाई होलीमा मन पर्ने र मन नपर्ने ५—५ कारण हरु सोधेका छौँ
मनपर्ने पाँच कारण
१ होली भन्नेबित्तिकै मानिसको वास्तविक जीवन पनि रङ्गीन हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ
२ सामाजिक सद्भावको वृद्धि हुनुका साथै विभिन्न धर्म-संस्कृतिबीच आत्मीयता बढ्छ ।
३ सार्वजनिक बिदा हुन्छ
४ परिवारसँग रमाइलो गर्नुका साथै साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्छ
५ धर्म-संस्कृतिको जगेर्ना हुनुका साथै संरक्षण पनि हुन्छ
मननपर्ने पाँच कारण
१ होली आउनुभन्दा अगाडिबाटै जथाभावी लोला हान्ने
२ कसैको चाहना विपरीत रङ्ग तथा लोलाजन्य पदार्थ हान्ने
३ शरीरमा हानी हुने खालका रङ्गहरुको प्रयोग गर्ने
४ दुषित तथा फोहर पानीको प्रयोग गर्ने
५ दिउँसै मादक पदार्थ सेवन गरेर ट्राफिक नियमको उल्लंघन गर्ने

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

