Sunday 15th March 2026

४६ करोडको लागतमा बन्दै गरेको कर्णाली पुल जोखिममा

7 years अगाडी

धम्बोजी । बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ। रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको पुलको पूर्वपट्टिको किनारमा कटान भइरहेको र ७५ मिटर तटीय भागको पिल्लर नभएको र भरपर्दो तटबन्ध नभएका कारण नदीले जुनसकै बेला पानीको धार परिवर्तन गरेर पुल नै धरापमा पर्ने खतरा बढेको प्रदेश सांसद दिपेश थारूले बताए।

वर्षात्को समयमा पुललाई बाढीले असर पार्नसक्ने देखिन्छ । हुलाकी सडक आयोजनाअन्तर्गत पर्ने कर्णालीको पुल जोगाउन थप अर्को पिल्लर बनाउन आवश्यक बजेट केन्द्रसँग माग गरिए पनि अहिलेसम्म निकासा नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताए। पुलको पिल्लर नबने पुल नै खस्ने प्राविधिक टोलीको प्रतिवेदनमा उल्लेख छ।

रकम नपठाइएपछि पिल्लर निर्माणको काम अघि बढ्न सकेको छैन । चार वर्षअघि निमार्ण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि पुल जोखिममा परेको उनको भनाइ थियो।

आयोजनाका अनुसार पुल जोगााउन आवश्यक पर्ने थप एक पिल्लर बनाउन प्राविधिक टोलीले छ महीनाअघि नै प्रतिवेदन पेश गरेको थियो। विसं २०७३ मा आएको बाढीले पुलमा भ्वाङ पारेकामा टालटुल पारिएको छ। हस्तान्तरण नहुँदै पुल जोगाउन बनाएको तटबन्धको दक्षिणपूर्वी भेग कटान गर्दै नदी अन्यत्रबाट बग्न थालेको छ।

          March 21, 2019 11:52 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...