

महिला साफ च्याम्पिसनसिप : विराटनगरको मैदानबाट इतिहास रच्ने दाउमा नेपाल

मोरङ – विराटनगरमा भैरहेको महिला साफ च्याम्पिसनसिपको उपाधिका लागि शुक्रबार नेपाल र भारत खेल्दैछन् । घरैमा भएको प्रतियोगिता भएकोले मात्र होइन पछिल्लो समयको उच्च लयका कारण पनि नेपाल महिला फुटबलको दक्षिण एसियाको च्याम्पियन बन्ने मौका नजिकै छ ।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले पुरानै प्रतिद्वन्द्वी पाएको छ । यो नौलो कुरा होइन, दक्षिण एसियाली महिला फुटबलमा भारत र नेपाल शीर्ष दुई टाेली हुन् । तर, साफ च्याम्पियनसिपमा नेपालमाथि भारतको दबदबा कायम छ ।
प्रतियोगिताको चार संस्करण सकिँदा भारत नै नेपालको सफलताको बाटोमा तगारो बन्दै आएको छ । यसपटक मौका नचुकाउने प्रतिबद्धता नेपाली खेलाडीहरुले लिएका छन् । खेलाडीहरु अनिता बस्नेत र मन्जलीकुमारी योन्जनको ‘यो हाम्रो लागि अवसर हो, यसपाली मौका खेर जान दिदैनौँ ।’
नेपालले साफ च्याम्पियनसिपकै फाइनल खेल्न लागेको यो चौथो पटक हो । यसअघिका तीनवटै फाइनलमा नेपाल भारतसँगै पराजित हुनुपरेको छ । तर, प्रतियोगितामा नेपाली टोलीको लोभलाग्दो लय, भर्खरै भारतलाई हराएको जोश र घरेलु भूमि र दर्शकको साथ यसपटक भारतलाई हराउने आधारहरु भएको नेपाली टोलीकी कप्तान निरु थापाको भनाई छ ।
भारतमा भएको हिरो वुमन गोल्डकपमा भारतलाई हराउँदै च्याम्पियन बनेकाले नेपाली खेलाडीमा भारतलाई पनि हराउन सकिन्छ भन्ने मनोविज्ञान बनेको छ । नेपाली टोलीका प्रशिक्षक हरी खड्काले भारत भन्यो कि डराउनुपर्ने यसअघिको अवस्था अब नरहनु पनि नेपाली टोलीका लागि ठूलो हतियार हुने बताए । उनले भने, ‘आजको दिन नेपालको लागि विशेष दिन हो, हामी इतिहास रच्न सफल हुनेछौँ ।’
अहिलेसम्मका चारवटै उपाधि जितेको भारतीय टोली यसपटक पनि उपाधि उतै लैजाने ध्याउन्नमा छ । तर नेपाली टोलीलाई भारतले पनि कम भने आँकेको छैन । भारतीय टोलीकी कप्तान आशालातादेवी लोईन्टोवाङले नेपाली टोली दरिलो भए पनि यस अघि ४ पटक विजेता भएकोले यो पटक पनि जितको लागि प्रयास गर्ने दावी गरिन् । तर, खेलाडी र प्रशिक्षकले जे–जे दावी गरे पनि त्यसको पुष्टि मैदानबाट गर्नुपर्ने छ । नेपाल र भारतबीचको फाइनल खेल शुक्रबार दिउँसो ३ बजे शहीद रंगशाला विराटनगरमा हुँदैछ ।
March 22, 2019 10:11 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

