Thursday 12th March 2026

आफुलाई पक्राउ गर्ने समाचार बाहिरिएपछि रुँदै यसो भनिन सोनीकाले ( भिडियो सहित)

7 years अगाडी

काठमाडौं। सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक अन्तरवार्ता दिएको आरोपमा फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र मोडल परी तामाङलाई पक्राउ परेपछि पछिल्लो समय बजारमा विभिन्न हल्ला आउन थालेको छ ।

बिहिबार केहि अनलाईन मिडियामा यूटयुवमा दुईअर्थी लाग्ने अन्तरवार्ता लिने अर्की महिला सोनिका रोकायालाई पनि प्रहरीको खोजी सूचीमा रहेको समाचार बाहिरिए सगै सोनिका रोकायाले रुदै आफुले राम्रो गर्न खोज्दा आफ्नो चरित्र हत्यागर्न खोजिएको बताएकी छिन्

यस बारेमा प्रहरी प्रबक्ता एसएसपी उत्तम राज सुबेदीसग हामीले कुरा गर्दा यसरी यो व्यक्तिनै समात्ने भन्नेकुनै लिस्ट तयार नभएको तर सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुर्‍याउने सामग्री र उत्तेजक भिडियो बनाउने जो कोहीलाई समातेर अनुसन्धान गर्ने बताउनु भयो।

यसरी हामीले कसैको नाम सार्वजनिक गरेका छैनौ समाचारमा आएको नाममा कुनै सत्यता नभएको एसएसपी उत्तम राज सुबेदीले बताउनु भयो । यता सोनिका रोकायाले दुई अर्थी लाग्ने टाईटल राखेको हुँदा वाउ नेपाल छोडेर आफ्नै युट्युब च्यानल ‘द सोनीका शो’ चलाउदै आएको बताएकी छिन् ।

हेर्नुहोस भिडियो

          March 22, 2019 11:10 am | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...