

युरोकप छनोट : बेल्जियम, क्रोएसिया र नेदरल्याण्ड्सको विजयी सुरुवात

सन् २०२० मा हुने युरोकप फुटबलका लागि छनोट चरणका खेलहरु सुरु भएका छन् । समूह सी बाट नेदरल्याण्ड्स र समूह आईबाट बेल्जियमले सुखद सुरुवात गरेका छन् ।बिहीबार राति भएका खेलमा बेल्जियमले रुसलाई ३–१ गोलले हराउँदा नेदरल्याण्ड्सले बेलारुसको चुनौति ४–० ले समाप्त पार्यो । बेल्जियमको जितमा इडेन हाजार्डले २ गोल गरे । खेल सुरु भएको १४औं मिनेटमै योरी टेलिम्यान्सले बेल्जियमलाई अग्रता दिलाएका थिए । उनको यो पहिलो अन्तर्राष्टिय गोल हो ।
तर, त्यसको दुई मिनेटपछि नै बेल्जियम तथा रियल मड्रिडका गोलरक्षक थियावट कोर्टवाको गल्तीमा ड्यानियर चेरिसेभले रुसका लागि बराबरी गोल फर्काए ।पहिलो हाफको अन्त्यतिर हाजार्डले गोल गरेपछि बेल्जियमले पुनः अग्रता बनायो । उनले पेनाल्टी अवसरलाई सदुपयोग गरेका थिए । हाजार्डको यो २८ औं अन्तर्राष्ट्रिय गोल हो । खेलको अन्त्यतिर गोल गरी हाजार्डले अन्तर्राष्ट्रिय गोलसंख्या २९ बनाए । उनले ८८औं मिनेटमा बात्सुयीको पास सदुपयोग गरेका थिए ।
त्यसको एक मिनेटपछि नै रुसका अलेक्जान्दर गोलोभिन दोहोरो पहेलो कार्ड खाँदै मैदान बाहिरिएपछि रुसले १० खेलाडीमा खेल टुंग्याएको थियो ।नेदरल्याण्ड्सले बेलारुसलाई ४–० गोलले हराउँदा मेम्फिस डिपेले सानदार प्रदर्शन गरे । उनले २ गोल गरे भने २ गोलका लागि बल उपलब्ध गराए । उनले खेलको पहिलो मिनेट गोल गरी सुरुआती अग्रता दिलाएका थिए भने ५५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।२१ औं मिनेटमा जर्जिनो विन्जलदमले गोल गर्दा पनि डिपेले नै पास उपलब्ध गराएका थिए । ८६औं मिनेटमा भिर्गिल भान डाइकले गोल गर्दा पनि उनैले पास दिएका थिए ।
बिहीबार राति भएका अन्य खेलमा समूह ई बाट विश्वकप उपविजेता क्रोएसियाले अजरबैजानलाई २–१ गोलले हराउँदा बोर्नो बेरिसिच र आन्द्रेज कार्मारिचले गोल गरे । यही समूहमा स्लोभाकियाले हंगेरीलाई २–० गोलले पराजित गर्याे । समूह जीबाट मासेडोनियाले लात्भियालाई २–१ गोलले हराउँदा इजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले । अष्ट्रिया भने पोल्याण्डसँग १–० गोलले पराजित भयो ।
March 22, 2019 1:17 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

