

एएफसी यू २३ च्याम्पियनसिप छनोट : नेपालले आज ओमनसँग खेल्दै

एएफसी यू २३ च्याम्पियनसिपको छनोट अन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दैछ । खेल स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि (नेपाली समय अनुसार राति पौने ८ बजे) दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ ।
सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ए मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ ।
११ समूहबाट समूह विजेता र उत्कृष्ट चार उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू २३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीविरुद्ध नेपालले दवावरहित भएर खेल्ने बताए । ‘फिफा बरियाता, पूर्वाधार, प्रदर्शन सबै हिसावले ओमान र कतारजस्ता टिम हामीभन्दा बलिया छन्, हामीले हाम्रो शतप्रतिशत दिएर खेल्नेछौं सकारात्मक नतिजाको अपेक्षा गर्छाैँ ।’
प्रशिक्षक महर्जनले खेलाडीहरु स्थानीय नकआउट प्रतियोगितामा व्यस्त रहेका कारण लामो तयारी नभएको जानकारी दिए । प्रतियोगिताका लागि मंगलबार राति कतार आइपुगेको नेपाली टोलीले बुधबार र बिहीबार अभ्यास गरेको छ ।
प्रशिक्षक महर्जनले २३ मध्येबाट उत्कृष्ट ११ तय गर्न कठिन भएको बताए । ‘अभ्यासमा खेलाडीहरुले एक से एक प्रदर्शन गरिरहेका छन्, मलाई सेट तयार पार्न पनि कठिन भइरहेको छ, जुन सकारात्मक कुरा पनि हो,’ महर्जनले भने ।
ओमानका प्रशिक्षक हमाद अजानीले टिममा नयाँ अनुहारको बाहुल्य रहेको र उनीहरु सकारात्मक नतिजाका लागि उत्साही रहेको बताए । ‘छोटो तयारीका साथ हामी प्रतियोगिताका लागि आएका छौं । तर पनि हाम्रा खेलाडीहरु उत्साही छन्,’ उनले भने ।
प्रशिक्षक अजानीले नेपाललाई कमजोर प्रतिस्पर्धीका रुपमा नलिएको प्रष्ट पारे । उनले भने, ‘हामीले एसियन गेम्सका बेला जाकार्तामा नेपालको खेल हेरेका छौं, नेपाल पक्कै पनि कमजोर टिम होइन ।’
बलियो टिम ओमानबिरुद्ध नेपालले स्वभाविक रुपमा रक्षात्मक खेल्नेछ । काउन्टर एट्याक र सेट पिस गोलको अवसरमा नेपालको ध्यान केन्द्रित छ । फिफा बरियातामा नेपाल १ सय ६१ औं स्थानमा छ ।
ओमान नेपालभन्दा ७१ स्थान माथि अर्थात ९० औं स्थानमा छ । यू–२३ को उमेर समूहमा नेपाल र ओमान पहिलोपल्ट आमने सामने हुँदैछन् ।
सिनियर टोलीमा परिचित भए पनि उमेर समूहको शीर्ष टोलीबीच भने नयाँ प्रतिस्पर्धी हुन् । सिनियर स्तरमा भने नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन ।
March 23, 2019 11:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

भारतको केआईआईटी विश्वविद्यालयमा एक नेपाली विद्यार्थी मृत फेला

पेट्रोलियम पाइपलाइनबाट डिजलसँगै पेट्रोल र मट्टीतेलको पनि नियमित आयात शुरू

कल्याणकारी नेपाली युवा समाज कुवेतको अधिवेशन ४ अप्रिलमा हुने

सुरेश लामा र सुमिना लो तामाङ लाई कुवेतमा भब्य स्वागत

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र पठायो

रुकुम पूर्वको भूमेमा हजुरआमा र नातिको हत्या आरोपी मृत फेला

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

