तनहुँमा प्याराग्लाइडिङको सफल परीक्षण
दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो ।
पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् । उक्त ठाउँबाट विगतमा पनि एकल प्याराग्लाइडिङको उडान गरिएको भए पनि पहिलोपटक डबल उडानको परीक्षण गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए ।
प्याराग्लाइडर आचार्य र पराजुलीले व्यास–११ का वडाध्यक्ष निरबहादुर खड्का र स्थानीय विष्णु मास्कीसँग पहिलो उडान भरेका थिए । अर्चलेडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङको सोही वडाको फराकचौरमा अवतरण गरिएको थियो । खड्काका अनुसार उक्त ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङको सम्भावना अध्ययनका लागि परीक्षण गरिएको हो । उनले भने, “यस ठाउँमा प्याराग्लाइडिङमार्फत पर्यटक आकर्षित गराई समग्र यस क्षेत्रकै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेका छौँ ।”
व्यावसायिक रूपमा प्याराग्लाइडिङका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा समेत जोड दिने उहाँले बताउनुभयो । पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका आचार्यले उक्त ठाउँ प्याराग्लाइडिङका लागि उपयुक्त रहेको बताए । पोखरा र बन्दीपुरमा विगत सात वर्षदेखि प्याराग्लाइडिङ उडान गर्दै आएका उनले यस ठाउँमा व्यावसायिक रूपमा नै प्याराग्लाइडिङ गर्न सकिने सम्भावना रहेको जानकारी दिए ।
तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवा पाँच किलोमिटर र त्यहाँबाट तीन÷चार किमीको दूरीमा सो ठाउँ रहेको छ । उक्त ठाउँका केही घरमा घरबाससमेत सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए सो ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठले बताए । रासस
March 23, 2019 4:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध