

साउदी अरबमा होली रौनक ।
साउदि अरब – हेल्प मधेशी साउदि अरबले आयोजनामा होली बिषेश कार्यक्रम सम्पन्न भएकोछ। दल्ला, दमाम स्थित पार्टि हलमा संचालित कार्यक्रम दुइ चरणमा भएको थियो।अध्यक्ष कमलदेब साहको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा नेपाली राजदुताबासका दूतिय सचिव श्री बिपिन दवाडि प्रमुख अतिथि हुनुहुन्थ्यो। रोशन एन श्रेष्ठले संचालन गर्नुभएको होली कार्यक्रमा बिशिष्ट अतिथिहरूमा क्रमश:गैर आबासिय नेपाली संघ, मध्यपुर्ब महिला उप संयोजक श्रीमति यास्मिन बेगम, एन आर एन ए, साउदिका अध्यक्ष नारायण पासवान,अन्तर संस्था समन्वय समितिका संयोजक कृष्ण पुरि, तमुधि तथा महिला दिदि बहिनि समुहका तर्फबाट तुलसि माया गुरूङ, एन ए मिडिया प्रबन्ध निर्देशक श्री कृष्ण श्रेष्ठ हुनुहुन्थ्यो। एन आर एन ए आइ सि सि मानार्थ परिषद सदस्य श्री राजु सैयद,जनसम्पर्क समितिका बरिष्ट उपाध्यक्ष श्री अजुन थापा काभ्रे सेवा समाजका अध्यक्ष श्री जेनलामा लगायत अन्य संघ संस्था पदाधिकारीहरू अतिथि रहनुभएको थियो।
होलीको शुभकामना संदेश दिनुहुदै यास्मिन बेगमले पकृतिको अनुपम सन्दर देशका बिभिन्न भुगोलमा बसोबास गर्ने बिभिन्न जात जातीका हामी सबै नेपाली हौं।जसरी उल्लासमय बनाएर मिलेर होली मनाउदैछौं, त्यसरी नै एक भएर तिक्तता बिर्सेर एक भएर अगाडी बढ्नुपर्ने शुभ संदेश दिनुभएको थियो।
तराइमा पुर्णिमाको रात बिधिपुर्बक होलीका दहन गरीइने र सो को भोली पल्ट उत्सबको रूपमा एक अर्कामा रंग अबिर साटासाट गरेर होली पर्ब मनाउने गरेको परम्पराको बारेमा नारायण पासवानले प्रकाश पार्दै गैर आबासिय नेपाली संघ सबैको साझा संस्थाभएकोले प्रबासमा रहनुहुने सम्पुर्ण नेपालीको साथ र सहयोगका लागी तत्पर रहेको पतिबद्धता जनाउनुभयो।
एक आपसमा रंग अबिर साटासाट गरिकन भएको उल्लासमय कार्यक्रममा शुभकामना संदेश र नाचगान क्रमिक रूपमा गर्दै महिला पुरूषले भरिभराउ रहेको रमाइलो बाताबरण थियो।
उक्त संस्था द्वारा संचालित शैक्षिक अभियानमा सहयोग पुर्याए वापत बिभिन्न इकाइ (दलान) कमिटिलाइ कदर पत्र द्वारा सम्मान कार्यक्रम प्रमोद मंडलले उदघोषण गर्नुभएकोथियो। कार्यक्रमकै दौरान सहभागीहरूलाइ फागु बिशेष परिकार मालपुवा,सेल,अचार र खसिको मासु पस्किएर हेल्प मधेशि पदाधिकारी , कार्यकर्ता र स्वमसेबक तन मनले सेवा सत्कारमा लागेर मिथिलान्चलमा पाहुना लाइ गरिइने “अतिथि देवो भव:” को मान कायम राख्नुभएको थियो।
होली आयोजनको बिशेष अभिरूचि पुर्बक मुल्यांकन गर्नुहुदै प्रमुख अतिथि श्री बिपिन दबाडीले कमि कमजोरीहरू लाइ बिर्साउने नयां शिराबाट सम्बन्धलाइ प्रगाढ बनाउदै सबैको मुहारमा हांसो ल्याउने भन्नुहुंदै दुताबासले नेपालीकामदारका बारेमा सक्दो सेवा प्रदान गर्दै आइरहेको प्रकास पार्नुभएकोथियो ।कार्यक्रम अबधिभर एन ए मिडियाले प्रतक्ष्य प्रशारण गरेको थियो भने पृथिबि रेमिटका प्रतिनिधि अफिसर श्री निरज कुमार सिंहले ब्यबस्थापकिय सहयोगमा योगदान गर्नुभएको थियो। औपचारिक समारोहका सभापतिले साथ र सहयोग गर्ने सबैलाइ धन्यबाद सहित होलीको शुभकामना दिदै कार्यक्रमको अन्त भएको घोषना गर्नुभएकोथियो।
समाचार श्रोत: नारायण पासवान, दम्माम साउदि अरब


प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

