बन्ने भयो ‘कुली नम्बर वान’ को रिमेक, वरुण धवनका साथ सारा अली खान फाइनल
बलिउड फिल्म निर्देशक डेविड धवनले ‘कुली नम्बर वान’ को रिमेक बनाउने पक्का भएको छ ।सुपरस्टार अभिनेता गोविन्दाको सुपरहिट यस फिल्मको रिमेकमा मुख्य अभिनेताको रुपमा वरुण धवन रहनेछन् भने मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री सारा अली खानलाई फाइनल गरिएको छ । यस फिल्मको स्क्रिप्ट फरहाद सामजीले लेखिरहेका छन् ।
तिनै फरहादले फिल्म ‘कुली नम्बर वान’ मा सारा अली खान मुख्य अभिनेत्री रहने कुरा बताएका छन् । साथै उनले ‘सिम्बा’ जस्तो सुपरहिट फिल्मपछि सारासँग फेरि काम गर्न पाउदा निकै खुशी रहेको पनि बताएका छन् । यसअघि फरहाद फिल्म ‘सिम्बा’ मा पनि काम गरेका थिए ।
बलिउड फिल्म उद्योगमा वरुण धवनलाई हिट मेसिनको रुपमा हेरिने गरिन्छ । यसअघि वरुणले आफ्ना बुवा डेविड धवनका साथ ‘जुडवा २’ र ‘मे तेरा हिरो’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । अहिले फेरि तेस्रो पटक डेबिड धवन र वरुण धवन एकसाथ काम गरिरहेका छन् ।
यस पटक वरुण धवनले ९० को दशकको सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा पनिमा पनि धमाकेदार अभिनय गर्दै दर्शकको मन जित्न सुरमा छन् ।
डेविड धवनले पहिले अभिनेता गोविन्दा र करिश्मा कपूरका साथ फिल्म ‘कुली नम्बर वान’ बनाएका थिए । जुन फिल्म सन् १९९५ मा रिलिज भएको थियो । फिल्म ‘कुली नम्बर वान’ त्यस वर्षको सुपरहिट फिल्म बनेको थियो ।
दर्शकले गोविन्दा र करिश्मा कपूरको अभिनय र कमेडी निकै मन पराएका थिए । अब भने यस फिल्मको रिमेकमा अभिनेता वरुण धवन र सारा अली खानको जोडीलाई हेर्न सकिनेछ ।
March 24, 2019 11:36 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो