युरोकप छनोट : स्पेन र इटालीको जित
युरोकप छनोट अन्तर्गत स्पेनले नर्वेलाई हराएको छ भने इटलीले फिनल्याण्डलाई पाखा लगाएको छ ।डासीया एरिनामा भएको खेलमा इटलीले फिनल्याण्डलाई दुई शून्यले हरायो । एकतर्फी जस्तो बनेको खेलको सातौं मिनेटमा नै इटलीले अग्रता बनायो । उसका लागि बारेलाले गोल गर्न सफल भए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटलीले ७४ औं मिनेटमा दोस्रो गोल गर्यो । उसका लागि कीनले गोल गर्दै टिमलाई दुई शून्यले अगाडि राखे । त्यसपछि फिनल्याण्ड खेलमा फर्कन सकेन भने इटलीले केही मौका सिर्जना गरेको थियो सफल भएन ।
अर्को खेलमा पूर्व च्याम्पियन स्पेनले नर्वेलाई दुई–एक गोलले हरायो । स्पेनको भ्यालेन्सियामा भएको खेलको १६ औं मिनेटमा नै रोद्रिगोले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्पेन विरुद्ध ६५ औं मिनेटमा जे किङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
तर त्यसको ६ मिनेटपछि फेरि स्पेनले अग्रता लियो । नर्वेले फल गरेपछि पाएको पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गरे । त्यसपछि दुबै टिमबाट गोल भएन र स्पेनले तीन अंक बटुल्यो ।
March 24, 2019 12:56 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी