“रास्कोट सामुदायिक अस्पताल निर्माण” सहयोगार्थ नवबर्ष २०७६ सांगीतिक धमाका हुदै
“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो १८ औ प्रस्तुति स्वरुप नेपाली नवबर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांगीतिक धमाका गर्ने भएको छ।
स्थापनाकाल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था साँस्कृतिक मन्चले नेपाल मा सिधाकुरा जनता संग (Rabi Lamichhane) नेतृत्वमा निर्माण हुन गइरहेको नेपालकै दुर्गम कर्णाली क्षेत्र कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताल निर्माण” सहयोगार्थ को लागि स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति सांगीतिक धमाका गर्न लागिएको सोही संस्थाका अध्यक्ष श्री गोबिन्द बरालले जानकारी दिनुभएको छ |
उक्त सामाजिक कामको लागि कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था, बुद्धिजिवि, समाजसेवी, कलाकार, पत्रकार, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले आ आफ्नो संघ संस्था तथा ब्यक्तीगत तर्फबाट अर्थिक,नैतीक तथा भौतिक सहयोग गर्नु हुने अपेक्षा सहित उक्त दिनको कार्यक्रम सभ्य तथा भब्य रुपम सफल गराउन कुबेत स्थित कुवेतमा कृयाशिल कुनैपनी नेपाली संघ संस्थाहरुले कार्यक्रम नजुधाइदीनु हुनपनि नेपाल कुवेत सांस्कृतिक मन्च परिवार हार्दिक अनुरोध गर्दछ !
नेपाल कुवेत सांस्कृतिक मन्चले बिगतका बर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न साथै बिभिन्न सामाजिक कार्यहरु उदाहरणको लागि बिगतमा भएको बिनाशकारी भुकम्प वाढी पैरो पीडित,सुन्सरीको प्राथमिक स्कुल लाई नेपाली १ लाख २१ हजार रुपैया, पर्वतका बाढीपैरो पिडित लाई २० हजार रुपैया,मृगौला पीडितलाई ५० हजार रुपैया सहयोग गर्दै आईरहेको कुरा सङ्लो पानी झै सबै सामु छर्लङ साथ प्रस्तुत गर्दै आईरहेको छ र आसा गरौं भावी दिनहरूमा पनि यस्ता कार्यहरुलाई निरन्तर रूपमा दिईरहने छ।
अन्त्यमा सो साँगितिक कार्यक्रम हेर्न निशुल्क रहने पनि सोही संस्थाले कुबेतवासी सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाई जानकारी गराएको छ।
कार्यक्रमको विवरण मिति : ३ मइ २०१९ स्थान : पपिन्स हल अब्बासिया (ब्लक ४, स्ट्रीट ५, युनाइटेड इन्डियन स्कुलको नजिक) समय : दिनको ठिक १२ बजेदेखी आयोजक : नेपाल कुवेत सांस्कृतिक मञ्च, कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग