

संसारका सबैभन्दा अभागी यी १० व्यक्तिहरुबारे जान्नुहोस्, आफूलाई भाग्यमानी सम्झिनुहुनेछ

काठमाडौं। यदि तपाईको दिन खराब बितिरहेको छ भने विश्वका केही अभागी मानिसहरुबारे थाहा पाइराख्नुहोस् । उनीहरुबारे थाहा पाएपछि पक्कै पनि तपाईले केही राहत महसुस गर्नुहुनेछ ।
मानिसहरु एकदुई पटक ठक्कर खान्छन् वा अभागी सोच्छन् तर विश्वमा केही यस्ता मानिसहरु रहेका छन् जसले पाइलै पिच्छे अभागी भएको महसुस हुनुपर्यो । आउनुहोस् हेरौ विश्वका १० अभागी मानिसहरु –
१०. डेडे कोस्वाराः डेडे कोस्वारा जन्मदा स्वस्थ नै जन्मेका थिए तर १० वर्षको उमेरमा उनी इन्डोनेसियाको जंगलमा लडेर चोट लाग्यो । त्यसपछि उनको घाउमा मुसो जस्तो पलाउन थाल्यो र बिस्तारै त्यो उनको शरिरभरी फैलेर शरीरभरी रुखको बोक्रा जस्तो पलाएको छ । उनको शरिर कुरुप भएको छ र हिडडुल गर्न समेत गाह्रो हुन्छ ।
९. जोन लाइनः ब्रिटेनका ५४ वर्षीय औधोगिक सफाइ गर्ने जोन लाइनलाई धेरै मानिसहरुले ‘विपत्ति जोन’ भनेर बोलाँउछन् । उनी बच्चा हुँदा घोडा र बग्गीबाट लडेका थिए र डेलिभरी भ्यानले झन्डै किचेको थियो ।
जब उनी किशोर भए उनी रुखबाट लडेर हात भाँचे र उपचार गरेर फर्कदा उनी चढेको बस दुर्घटना भएको थियो । त्यही हात अर्को ठाँउमा भाच्चियो । त्यस पछि सन् २००६ माउनी फेरी काम गर्दागर्दै म्यानहोल बाट खसे ।
८. रोय सुलिभानः अमेरिकी पार्क रेन्जर रोय सुलिभानसंग धेरैपटक चट्याङ लाग्दा नि बाँचेको गिनिज विश्व रेकर्ड छ । उनलाई सन् १९४२ देखी १९७७ सम्म सात पटम ठूल्ठूला झट्का लागेको थियो तर उनी बाच्ँन सफल भए। त्यसपछि उनलाई ‘ह्युम्यान लाइटेनिङ रड’को उपनाम दिइयो ।
७. हेनरी जिग्ल्याण्डः सन् १८८३ मा हेनरी जिग्ल्याण्डले आफ्नो प्रेमिकालाई छोडिदिए त्यसपछि प्रेमिकाले आत्महत्या गरिन । प्रेमिकाको दाइले हेनरीलाई बदला लिन गोली हाने, तर उनले हानेको गोली रुखमा लाग्यो ।
हेनरीको मृत्यु भएको ठानेर उनी आफैँले आफुलाई गोली हानेर ज्यान लिए । धेरै वर्ष पछि हेनरीले त्यो रुख काट्ने योजना बनाए र विष्फोटक पदार्थले रुखलाई उडाए तर त्यो अड्किएको गोली टाउकोमा लागेर उनको मृत्यु भयो ।
६. कोस्टिस मित्सोटाकिसः सन् २०१२ मा स्पेनको सोडेटो नगरका सबै मानिसहरुले ९५० मिलियन पुरस्कार भएको ठूलो क्रिसमस चिठ्ठा किने । कोस्टिस मित्सोटाकिस बाहेक सोडेटो नगरका ७० परिवारका सबैले केही न केही पुरस्कार जीते तर उनले केही जित्न सकेनन् ।
५. एरिक नोरीः फ्लोरिडाका नोरी सन् २०१३ मा बाहामासमा माछा मारिरहेको थिए । त्यसबेलामा एउटा सार्कले पछाडिबाट आक्रमण गर्यो । उनको खुट्टाको चौटा नै लिएर गयो र ससुराले उनलाई बचाए । यसभन्दा पहिले उनलाई चट्याङ लागेको थियो र विषालु सर्पले पनि टोकेको थियो ।
४. जोन वेडः उनलाई फ्लोरिडाको घरमा फोन गरिरहेको बेलामा चट्याङ लागेको थियो । उनलाई आफ्नो ट्याक्सी चलाइरहेको बेलामा उनलाई लुटेराहरुले कन्चटमा गोली ताकेर लुटेर भागेका थिए । उनलाई सन् २००८ मा चक्कु पनि प्रहार गरिएको थियो । त्यस्तै सन् २००९ मा उनलाई दुईवटा सर्पहरुले एकै चोटी टोकेका थिए ।
३. मेलेनी मार्टिनेजलः मेलेनी मार्टिनेजले ५० वर्षको समयमा आँधी–बेरीको कारण पाँचवटा घर गुमाइन् । सन् १९६५ को बेस्टी, १९८५ को जुआन, १९९८को जर्ज र २००५ को केटरिनाले घर लगे पनि उनले लुजियाना छोडिनन् । उनको बारेमा थाहा पाएपछि एक रियालिटी सोले नयाँ घर बनाइदियो तर केही महिना मै आइज्याकनामको हुरीकेनले नयाँ घर समेत सबैथोक उडाएर लगिदियो ।
२. भायोलेट जोसेफः भायोलेट जोसेफ ओलम्पिक नामको पानी जहाजमा परिचारिका थिइन । तर, यो पानी जहाज अर्को पानी जहाजसँग ठोक्किएर सन् १९११ माडुब्यो । त्यसमा उनी बाच्ँन सफल भइन् । त्यसपछि उनी टाइटानिकमा परिचारिका भइन र त्यो पनि सन् १९१२ आइसबर्गमा ठोक्किएर डुब्यो । उनी फबोटमा उत्रेर बाचिन र उद्धारकर्ताले उनको उद्धार गरे । त्यसपछि फेरी प्रथम विश्वयुद्धको समयमा उनले राजपरिवारको हस्पिटल पानी जहाज ब्रिटानिकमा काम गरिन तर त्यो पानी जहाज पनि डुब्यो । उनी फेरी लाइफबोटको मद्दतले बाच्न सफल भइन । उनको सन् १९७१ मा मृत्यु भयो र उनलाई समुन्द्रमा गाडियो ।
१. ती मानिस जो न्युक्लियर बमबाट पनि बाँच्न सफल भएः नागासाकीका सुतोमु यामागुची सन् १९४५ अगस्ट ६ मा आफ्नो कामको सिलसिलामा हिरोसिमा गएका थिए । उनी त्यही दिन हिरोसिमा छोड्ने वाला थिए तर आफ्नो हान्को यात्राको लागि चाहिने डकुमेन्ट छुटेकाले फेरी आफ्नो कार्यस्थल फर्केका थिए ।
त्यति नै बेला अमेरिकीहरुले ‘लिटिल ब्वाइ’नामको आणविक बम खसाले । बम खसालिएको ठाँउ भन्दा उनी जम्मा ३ किलोमिटरको दुरीमा थिए । त्यो विष्फोटले उनको कानको जाली फुट्यो र उनी केही समयको लागि अन्धो भए । एक रात एअर रेड सेल्टरमा बिताए पछि भोलिपल्ट उनी आफ्नो घर नागासाकी फर्किए ।
नागासाकीमा आएर उनले उपचार गरे । अगस्ट ९ मा फेरी अमेरिकीहरुले अर्को आणविक बम ‘फ्याट म्यान’ नागासाकीमा खसाले। यो समयमा पनि उनी ग्राउन्ड जिरो भन्दा ३ किलोमिटरको दुरीमा थिए तर यो पटक उनलाइ केही भएन । उनको मृत्यु सन् २०१० मा क्यान्सरका कारण भएको थियो ।
March 26, 2019 11:01 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

