श्रीमतीकाे इच्छा विपरित करणी गर्ने श्रीमानलाई ३ वर्ष कैद फैसला
उदयपुर – श्रीमतीकाे इच्छा विपरित पटक–पटक करणी गरेको कसुर ठहर गर्दै जिल्ला अदालत उदयपुरले ४५ वर्षीय एक पुरुषलाई ३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले आइतबार यो फैसला गरेको हो । अदालतले अभियुक्तलाई ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको कसुरमा भने सफाइ दिएको छ ।
मुलुकी ऐन जबरजस्ती करणीको महल ३ (६), मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा (४) मा व्यवस्था भए बमोजिम ३ वर्ष कैद सुनाइएको हो । तर, ऐनमा यस्तो प्रकृतिको मुद्दामा ५ वर्षसम्म कैद गर्ने व्यवस्था छ ।
शारिरिक अवस्था कमजोर हुँदासमेत ०७५ साउन २१ गते कसुरदारले इच्छा विपरित पटक–पटक करणी गरेको र ७ वर्षीया छोरीलाई समेत साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै अभियुक्तकी श्रीमतीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
पीडितले दिएको निवेदनको आधारमा भोलिपल्ट भदौ ५ गते पक्राउ परेका कसुरदारलाई अदालतले भदौ ३१ गते पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
निवेदनसँगै कानुनी प्रक्रियाका लागि प्रहरीले प्रमाण जुटाउन आमा र छोरी दुवैको भदौ ५ गते जिल्ला अस्पतलामा स्वास्थ्य जाँच गराएको थियो ।
March 26, 2019 11:08 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध