इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई १४ रनले हरायो
इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा चाठ चौका र चार छक्काको मद्धतमा ७९ रन बनाए ।
यस्तै सर्फराज खानले पनि अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का हानेका थिए । मायांक अग्रवालले २२ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १७० रनमा समेटियो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९ रनको योगदान दिए ।
अजिन्क्या रहाणेले २७ र सन्जु स्यामसनले ३० रन बनाए । स्टेभेन स्मिथले पनि २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन । राजस्थानलाई हराउनका लागि स्याम कुरान र मुजिब उर रहमानले दुई दुई विकेट लिए ।
March 26, 2019 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी