

इण्डियन प्रिमियर लिग : पञ्जावले राजस्थानलाई १४ रनले हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलेभेन पञ्जावले राजस्थान रोयल्सलाई १४ रनले हराएको छ । जयपुरस्थित राजस्थानको होम ग्राउण्डमा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकालेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो । पञ्जावका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा चाठ चौका र चार छक्काको मद्धतमा ७९ रन बनाए ।
यस्तै सर्फराज खानले पनि अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का हानेका थिए । मायांक अग्रवालले २२ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा नौ विकेट गुमाउँदे १७० रनमा समेटियो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९ रनको योगदान दिए ।
अजिन्क्या रहाणेले २७ र सन्जु स्यामसनले ३० रन बनाए । स्टेभेन स्मिथले पनि २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन । राजस्थानलाई हराउनका लागि स्याम कुरान र मुजिब उर रहमानले दुई दुई विकेट लिए ।
March 26, 2019 11:12 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

