१४६ जना बोकेको बिमान अचनाक अर्कै ठाँउमा अवतरण भएपछि
काठमाडौ । एउटा ठाउँमा जानु पर्ने विमान अर्कै ठाउँमा गएपछि तनाब भएको छ । बीबीसीका अनुसार ब्रिटिश एयरवेजको एउटा विमानले एकातीर जाने यात्रुलाइ अर्कैतीर लगेर गएको छ ।
एकातिर जानका लागि टिकट लिएर विमान चढेका यात्रु एयर ट्राफिक कन्ट्रोलरको लापरवाहीका कारण अर्कै ठाउँमा पुगेका छन् ।
लन्डनको हिथ्रो विमानस्थलबाट सोमबार जर्मनीको डसेलडर्फका लागि उडेको ब्रिटिश एयरवेजको विमान बीए ३२७१ स्कटल्याण्डको राजधानी एडिनबर्गमा अवतरण गरेपछि यात्रु चकित भएका हुन् ।
उडानका क्रममा यात्रुले आफू कता जाँदैछौ भन्ने पत्तो पनि पाएनन् । सायद, जर्मनीका लागि उडेको विमान स्कटल्याण्ड पुग्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।
विमान अवतरण भएपछि जब भनियो ‘एडिनबर्गमा तपाईहरुलाई स्वागत छ’, अनि यात्रुमा हल्लीखल्ली मच्चियो । विमानमा १४६ यात्री थिए ।
अवतरणपछि यात्रीले हो–हल्ला गरेपछि विमानमा इन्धन भरेर फेरि डसेलडर्फतर्फ प्रस्थान गरेको थियो । निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिलो उक्त विमान डसेलडर्फ पुगेको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव