१४६ जना बोकेको बिमान अचनाक अर्कै ठाँउमा अवतरण भएपछि
काठमाडौ । एउटा ठाउँमा जानु पर्ने विमान अर्कै ठाउँमा गएपछि तनाब भएको छ । बीबीसीका अनुसार ब्रिटिश एयरवेजको एउटा विमानले एकातीर जाने यात्रुलाइ अर्कैतीर लगेर गएको छ ।
एकातिर जानका लागि टिकट लिएर विमान चढेका यात्रु एयर ट्राफिक कन्ट्रोलरको लापरवाहीका कारण अर्कै ठाउँमा पुगेका छन् ।
लन्डनको हिथ्रो विमानस्थलबाट सोमबार जर्मनीको डसेलडर्फका लागि उडेको ब्रिटिश एयरवेजको विमान बीए ३२७१ स्कटल्याण्डको राजधानी एडिनबर्गमा अवतरण गरेपछि यात्रु चकित भएका हुन् ।
उडानका क्रममा यात्रुले आफू कता जाँदैछौ भन्ने पत्तो पनि पाएनन् । सायद, जर्मनीका लागि उडेको विमान स्कटल्याण्ड पुग्छ भन्ने उनीहरुले कल्पनासमेत गरेका थिएनन् ।
विमान अवतरण भएपछि जब भनियो ‘एडिनबर्गमा तपाईहरुलाई स्वागत छ’, अनि यात्रुमा हल्लीखल्ली मच्चियो । विमानमा १४६ यात्री थिए ।
अवतरणपछि यात्रीले हो–हल्ला गरेपछि विमानमा इन्धन भरेर फेरि डसेलडर्फतर्फ प्रस्थान गरेको थियो । निर्धारित समयभन्दा करिब साढे तीन घण्टा ढिलो उक्त विमान डसेलडर्फ पुगेको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग