Sunday 15th March 2026

अग्नि मोटो इन्ककाे नयाँ वर्ष अफर : खुसी आउँछ बण्डलमा

7 years अगाडी

काठमाण्डौ – अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा  “खुसी आउँछ बण्डलमा” योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

स्क्र्याच कुपनमा न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

यसका साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा  सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने छ । 

यो अवधि भित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्नुहुने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक्जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गर्नेछ । 

लक्की ड्रको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेज www.facebook.com/mtwlnepalमा प्रत्यक्ष प्रसारण मार्फत गरिने छ । 

          March 26, 2019 12:49 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...