Sunday 8th March 2026

आज झन् घट्यो सुनको मूल्य, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज बुधबार सुनको मूल्य ओरालो लागेको छ। आज मंगलबारको तुलनामा सुन १ सय रुपैयाँले घटेको हो। 

आज छापावाल सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ६० हजार २  सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ।  काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          March 27, 2019 11:31 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...