टिपरभित्रै रातभरी १४ वर्षीया किशोरीको सामुहिक बलत्कार, यसो भन्छिन् किशोरी (भिडियो सहित)
चैत्र ३ गते साँझ काभ्रेको मण्डनदेउपुर नपा–६ स्थित इन्द्रावती नदी किनारमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको थियो।
सो घटना घटिसके पछि किशोरीले बिहानै घरमा गएर आफ्नो आमालाई घटनाको विवरण बताएकी थिइन्। पीडितका परिवारले चैत ४ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा किटानी जोहरी दर्ता गरेका थिए।
किशोरीको बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ। मण्डन देउपुर नपा–६ देउपुरका २४ वर्षीय पुष्कर राई र २१ वर्षीय प्रकाश दनुवार तथा मण्डन देउपुर–७ का २१ वर्षीय रामकुमार राई, सिन्धुपाल्चोक, इन्द्रावतीका चाउरे भनिने २१ वर्षीय शुशिल दनुवार राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पिएनपीखबरलाई जानकारी दिएका छन्।
दनुवार र राई क्रसर उद्योगका टिपर चालक हुन् भने रामकुमार सहचालक हुन्। नदीमा बालुवा सङ्कलन गर्ने ती किशोरीलाई डाँडखोला नजीक खोलाबाट सो समूहले टिपरमा लिएर गएका थिए। जिल्ला प्रहरीको टोलीले जाहेरी दर्ता गरेकै दिन आरोपित तीन जनालाई क्रसर उद्योगबाटै पक्राउ गरेको हो।
कक्षा ७ सम्मको अध्ययन सकेर किशोरी पढाई छोडी घर कै कामकाज गर्थिन्। उनको दैनिकी नै सधै क्रसर भन्दा अलि पर बालुवा बित्थ्यो। घटना घटेको दिन पनि उनी काममा नै गएकी थिइन्। घर टाढा र उकालो पर्ने भएकोले उनी घर फर्किने बेला टिपर चढेर आउने गर्थिन्। सोहि दिन उनको साथमा उनको हजुरआमा पनि थिइन्।
घर आउनेबेला हजुरआमा टिपरबाट उत्रेको र किशोरीलाई भित्रै लक् गरेर राखिएको किशोरीको भनाई छ। उनलाई चालक सहचालक मिलि पालै पालो जबजस्ती करणी गरेको उनी बताउछिन्। उनले आफ्नो न्यायको लागि बलात्कारीलाई कैदको माग गरेकी छिन्।बाँकी हेर्नुहोस् भिडियोमा
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता