Sunday 15th March 2026

ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

7 years अगाडी

झापा, चैत्र १४ गते । झापाको दमक नगरपालिका-४ चियाबगानमा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

बुधवार बेलुका ७ बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ६ ख २८९३ नम्बरको ट्रकले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल यात्री भारतको भुताहा घर भई दमकमा मजदुरी गर्दै आएका ४५ बर्षीय सकिलाल मण्डलको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृतको शव पोष्टमार्टमको लागि दमक अस्पतालमा राखिएको छ भने ट्रक र ट्रक चालक दमक नगरपालिका-४ का ४३ बर्षीय संजिव श्रेष्ठ ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रण रहेका छन् ।

          March 28, 2019 2:00 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...