कञ्चनजंघा नेपाली रेष्टुरेन्टको चाहना, विदेशीका लागि नेपाली खाना
दुबई । नेपाली खानाका पारखीहरुलाई लक्षित गर्दै युएईको बरदुबईमा कञ्चनजंघा नेपाली रेष्टुरेन्ट बुधबार साँझदेखि सन्चालनमा आएको छ । उक्त रेष्टुरेन्ट व्यवसायी युडेन शेर्पा र रमेश न्यौपानेको सयुक्त लगानीमा सन्चालनमा आएको हो ।
पुरानो चौतारी रेष्टुरेन्ट रहेकै स्थानमा नयाँ साजसज्जा र नयाँ व्यवस्थापनका साथ संचालनमा ल्याएको कञ्चनजंघा नेपाली रेष्टुरेन्टको उद्घाटन युडेनकी ३ वर्षीया छोरी रिधिमाको हातबाट रिबन खोलेर गरिएको थियो ।
सप्ताहन्तमा नेपाली समुदायको उल्लेख्य जमघट हुने स्थानमा संचालनमा आएको उक्त रेष्टुरेन्टले हिमालदेखि तराई सम्मका मौलिक नेपाली परिकारहरुलाई अन्तर्राष्टिय स्तरमा समेत प्रबर्द्धन गर्ने सन्चालकहरु बताउछन ।
विदेशीहरुलाई समेत नेपाली परिकारका स्वादसँग परिचित गराउने ध्येयले रेष्टुरेन्टले नेपाली मौलिक परिकारहरु बाहेक कुनै पनि विदेशी परिकार नराखिएको जनाएको छ ।
कञ्चनजंघा नेपाली रेष्टुरेन्टले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईन अर्डरको समेत व्यवस्था गरेको छ । केही महिनादेखि युडेन शेर्पाको एकल लगानीमा युएईको शारजाहस्थित अबुसागरामा अल साहिल अल जाईद नामको रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
March 29, 2019 10:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध