ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज मतदान
लन्डन, चैत १५ । ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ ।
बेलायती सांसदहरुले आज आयरलान्डको सीमामा भएको सम्झौता अर्थात्, आइरिस ‘व्याकस्टप’ युरोपेली संघ र बेलायत अलग हुँदा पैसाको लेनदेन अर्थात् ‘सम्बन्ध विच्छेद बिल’ र नागरिकको अधिकार विषयमा मतदान गर्ने छन् ।
युरोपेली संघको साथमा बेलायतको भविष्यको बारेमा भने मतदान गरिने छैन । २९ मार्च २०१७ मा बेलायत सरकारले आर्टिकल ५० लागु गरेको थियो । जसअनुसार ठीक २ बर्षपछि ब्रेक्जिट कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
यसबीचमा कयौं बेलायती सांसदहरुले युरोपेली संघको साथ भएको सम्झौतामा आफ्नो असन्तुष्टि जनाइसकेका छन् । लेबर पार्टी र डेमोक्रेटिक युनियनिस्ट पार्टीले यो सम्झौताको विरोधमा मतदान गर्ने बताएका छन् ।
प्रधानमन्त्री टेरिजा मेले आफ्ना सांसदहरुलाई मतदानलाई दुई भागमा बाँडेर बुझ्नका लागि अपिल गरेकी छन् ।
उनले पहिलो भागमा बेलायत युरोपेली संघबाट अलग हुँदाको महत्व र आगामी हप्ता हुने मतदानमा त्यसको भविष्यबारे सोच्न आग्रह गरेकी छन् । एजेन्सी
March 29, 2019 11:05 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव