Sunday 15th March 2026

सरस्वतीको मन्दिरमा रगतको होली : सुकुना क्याम्पस बन्यो रणभुमि, गेटमा प्रहरीको पहरा !

7 years अगाडी

मोरङको सुन्दरहरैचामा अबस्थित सुकुना बहुमुखी क्याम्पसमा दुई बिद्यार्थी संगठन बिचको द्धन्दका कारण क्याम्पस रणभुमि झै बनेको छ ।बुधबार क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठ सहित क्याम्पसका १३ जना प्राध्यापकहरुले दोहोरो सुबिधा लिईरहेको भन्दै नेपाल बिद्यार्थी संघले शान्तिपुर्ण आन्दोलन शुरु गरेको थियो ।

सोही क्रममा अखिलका बिद्यार्थीहरु उनीहरु माथि जाईलाग्दा नेबिसंघ मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति होमनाथ पोख्रेल सुकुना बहुमुखी क्याम्पसका सभापति बिजय तोलाङगी,सचिब समीर सम्राट, सदस्य जीवन बस्नेत लगायत घाईते भएका थिए ।शान्तिपुर्ण आन्दोलनमा क्याम्पस प्रशासनले बिद्यार्थी उचालेर दमन गरेको भन्दै नेबिसंघ आन्दोलित भएको थियो ।

बिहिबार सोही घटनाको बिरोधमा नेबिसंघ,महिला संघ लगायतले क्याम्पसको गेटअघि नाराजुलुस सहित प्रर्दशन र कोणसभा गरेका छन । स्थिति तनावपुर्ण बनेपछि ईलाका प्रहरी कार्यलय बेलबारी र जिल्ला प्रहरी कार्यलय मोरङबाट समेत थप सुरक्षा तैनाथी खटाईएको थियो । बिहान करिब ३ घण्टा बिद्यार्थीहरुले क्याम्पस प्रशासन बिरुद्ध नाराबाजी गरेका छन ।

उनीहरुले क्याम्पस पछिल्लो समय नेकपाको कार्यकर्ता उत्पादन गर्ने थलो बन्दै गएको र अरुलाई निस्तेज पारी आफ्नो पार्टीको भर्तिकेन्द्र बनाउने अभियानमा क्याम्पस प्रमुख देखि बिद्यार्थी सम्म लागेको आरोप लगाउँदै क्याम्पस प्रमुखको राजीनामा समेत माग गरेका छन ।

नीति पढाउने क्याम्पसमा राजनीति पढाएको र नेकपाको पार्टी केन्द्र बनाएको भन्दै उनीहरुले चर्को नाराबाजी समेत गरेका छन ।नाराबाजीपछिको कोणसभामा नेपाल बिद्यार्थी संघका क्षेत्रिय सभापति होमनाथ पोख्रेल,पुर्ब क्याम्पस सभापति जितेन्द्र न्यौपाने,महिला संघकी कमलादेबी अधिकारी लगायतले क्याम्पस बिद्यार्थीले अध्यायन गर्ने थलो भएको भन्दै यसलाई राजनीति गर्ने थलो नबनाउन आग्रह गरेका थिए ।

सो क्याम्पसमा सबै नेकपा समर्थित प्राध्यापकहरुले मात्र जागिर पाउने गरेको र आफु निकटका बिद्यार्थीलाई मात्र छात्रबृति लगायतका सुबिधा उपलब्ध गराउने गरेको समेत उनीहरुको आरोप थियो ।

पार्टीको निर्देशनमा नै क्याम्पस प्रमुख लगायतले अखिलका बिद्यार्थी उचालेर आफना बिद्यार्थीहरुमाथि सांघातिक हमला गरेको भन्दै सो घटनाको बदला लिएरै छाडने नेबिसंघले जनाएको छ । क्याम्पसमा मुठभेडको अबस्था सिर्जना भएपछि क्याम्पसको गेटमा सुरक्षा तैनाथी बढाईएको छ ।

थप घटना हुन नदिन् क्याम्पसमा प्रहरी तैनाथ रहेको र हाल अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईले जानकारी दिएका छन । सो क्याम्पस प्रदेश १ कै उत्कृष्ट क्याम्पसका रुपमा समेत परिचित रहेको छ ।

          March 29, 2019 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...