इंग्लिस प्रिमियर लिग : आज ७ खेल हुँदै, म्यानचेस्टर युनाइटेडकाे खेलमा सबैकाे नजर
इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ वटा खेल हुने भएका छन् ।नेपाली समय अुनसार साँझ सवा ६ बजे म्यानचेस्टर सिटी र फुलह्याम भिड्दै छन् । दोस्रो स्थानमा रहेको सिटी आजको खेलमा विजयी भए लिभरपुललाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।
३१ खेलबाट लिभरपुलले ७६अंक जोडेको छ भने एक खेल कम खेलेको सिटीको ७४ अंक रहेको छ । फुलह्याम भने रेलिगेशन जोनमा रहेको छ ।
यस्तै आजै राति पानै नौ बजे ५ वटा खेल हुने छन् । ब्राइटन र साउथह्याम्प्टन, बर्नले र उल्भर ह्याम्पटन, क्रिष्टल प्यालेस र हड्ल्स फिल्ड, लेस्टर र बर्नमाउथ तथा म्यानचेस्टर युनाइटेड र वार्टफोर्ड भिडने छन् ।राति सवा १० बजे वेस्टह्याम र एभर्टनको खेल हुने छ ।
आजको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भए आर्सनललाई पछि पार्दै चौथो स्थानमा उक्लने छ । म्यानचेस्टरले ओले गुनर सोल्सायरलाई स्थायी प्रशिक्षक नियुक्त गरेपछि पहिलो खेल खेल्दै छ ।
अन्तरिम प्रशिक्षक भएयता उत्कृष्ट प्रदर्शन गरेको म्यानचेस्टरले आजको खेलमा कस्तो प्रदर्शन गर्ला सबैले चासोको साथ हेरेका छन् ।
स्थायी प्रशिक्षक नियुक्त भएकै भोलिपल्ट सोल्सायरले खेलाडीहरुले कडा मेहनत गर्नु पर्ने अभिव्यक्ति दिएका कारण पनि आजको खेलको प्रतिक्षा धेरैले गरेका छन् ।
March 30, 2019 11:23 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी