Sunday 15th March 2026

आफ्नै बाबुबाट बलात्कृत भएकी किशोरीले जन्माइन् शिशु, बलात्कारी बाबुलाई जन्मकैद !

7 years अगाडी

छोरी बलात्कार गरी गर्भवती बनाएका एक व्यक्तिलाई जिल्ला अदालत धनकुटाले जन्मकैद सुनाएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउनेसमेत फैसला भनिएको छ।

चौबिसे गाउँपालिकाका ती व्यक्तिले ८ महिनादेखि छोरीलाई बलात्कार गरी गर्भवती बनाएपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । गत साउनदेखि बाबुले डर देखाएर बलात्कार गर्दै आएको किशोरीले बताइन् ।

पटकपटक बलात्कार सिकार भएकी १६ वर्षीया किशोरी ८ महिनाकी गर्भवती भएपछि विद्यालयमा सोधपुछ गर्दा घटना खुलेको थियो । स्थानीय एक विद्यालयमा १० कक्षामा अध्ययनरत उनको शारीरिक अवस्था परिवर्तन भएपछि शिक्षिकाले सोधपुछ गर्दा रहस्य खुलेको हो।

बाबुबाट बलात्कृत किशोरीले बुधबार शिशु जन्माएकी छन् । अदालतबाट अपराधमा संलग्न बाबुलाई जन्मकैद ठहर गरेको अघिल्लो दिन उनले अस्पतालमा शिशु जन्माएको प्रहरीले जनाएको छ।

          March 30, 2019 11:36 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...