दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा अझै फिर्ता ल्याइएन
चितवन- दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन कठिन भएको छ । विसं २०७३ साउन अन्तिम साता आएको बाढीले बगाएकामध्ये १० गैँडा उद्धार गरी ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाएर ती गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए ।
तत्कालै निकुञ्जले समन्वय गरी नौ गैँडा उद्धार गरेर ल्याएको थियो । त्यसको झण्डैं एक वर्षपछि नेपाल छिरेको मौका पारेर अर्को एक गैँडा उद्धार गरी निकुञ्जमा ल्याइएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार हाल भारतीय भूमिमा रहेका भनिएका गैँडा ल्याउनका लागि केही महीनाअघि पत्रचार गरिएको भए पनि प्रतिउत्तर आएको छैन । निकुञ्जले परराष्ट्र मन्त्रालयमार्फत पनि पहल गरिरहेको छ । यद्यपि भारतीय पक्षबाट जवाफ नआएकाले गैँडा ल्याउन नपाइएको ढकालले बताउनुभयो ।
भारतीय अधिकारीहरुले तीन गैँडा रहेको जनाएपछि निकुञ्जले पहल शुरु गरेको थियो । बाढीका कारण गैँडासँगै अन्य धेरै जनावर पनि बगेर भारत पुगेका थिए । सो क्रममा साना धेरै वन्यजन्तु मरेको जनाइएको थियो । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् ।
यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना गर्ने भनिए पनि दाताको टुङ्गो नलाग्दा गणनाको मिति तय भएको छैन । बाढीले धेरै गैँडा पश्चिमी क्षेत्रमा पु¥याएपछि प्राकृतिक कारणले मर्ने क्रम बढेर गएको छ । चालू आर्थिक वर्षको हालसम्म राष्ट्रिय वन क्षेत्रमा दुईसहित ४१ गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।
March 30, 2019 12:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध