नेपालकी ५ वर्षिया प्रिन्शाले फहराईन इजिप्टमा नेपाली झण्डा, एकैसाथ दुई उपाधि (भिडियो)
काईरो, मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा शहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पिजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी छिन । कार्यक्रममा मिनी मोडेल २०१९ का साथै उत्कृष्ट डान्सरको उपाधि पनि जितेकी थिईन ।
मोर्निंग ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा मिनी लिटिल च्याम्प २०१९ को टाईटल जितेर अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनिधत्व गरेकी प्रिन्शा सहभागी मध्यकै सबैभन्दा कम उमेरकी भए पनि मिनीतर्फ मिनी मोडेलका साथै उत्कृष्ट डान्सरको पनि उपाधि हाँसिल गरेकी हुन ।
वालवाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा पढ्ने प्रिन्शा अन्तराष्ट्रिय मिनी मोडलमा भाग लिन आयोजक मोर्निंग ग्लोरीको टिमसँग गत मार्च २० मा इजिप्ट गएकी थिइन । मार्च २१ देखि २८ तारिकसम्म संसारभरका विभिन्न देशबाट १८ वर्षमुनिका ४५ जना सहभागी रहेको उक्त कार्यक्रम ८ दिनसम्म त्यहाँ स्थित परिचित पाँचतारे होटेल द क्यारेवियन वल्ड रिसोर्टमा चलेको थियो ।

सिधान्युज संग कुरा गर्दै देश तथा विदेशमा ब्युटि पिजेन्ट कार्यक्रम गर्दै आएको कम्पनि मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी म्यानेजिङ डाइरेक्टर मोहना क्षेत्री खनालले पनि कार्यक्रमबाट नेपालले उपाधि जित्दा साह्रै खुशी भएको बताउदै आगामी दिनमा जापानमा हुने सुपर किड इन्टरनेशनलको लागि पनि थप हौसला प्रदान भएको बताउनु भयो ।

यस कार्यक्रमको लागि फेशनको डिजाइन रि ब्लुम फेसन बुटिक र न्युरोड स्थित बन्धना बुटिकले गरेको थियो । डान्स काठमाण्डौं डान्स स्टुडियोले सिकाएको थियो भने कोरियोग्राफर मारिशा श्रेष्ठ र विपाष्ना खनालले गरेकी थिइन ।
त्यसैबीच आजै स्वदेश फर्किएकी मिनी मोडल वल्ड २०१९ प्रिन्शा खड्कालाई त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलमा भब्य स्वागत गरिएको थियो । उनको स्वागतमा मर्निंग ग्लोरिका चिफ एक्जुकेटिभ दिनेश खनाल, कोरियोग्राफरद्वय मरिषा श्रेष्ठ, विपष्ना खनाल, वालवाटिका स्कूलको टिम, विभिन्न मिडिया र आफन्त लगायत समर्थकहरु झण्डा ब्यानर सहित पुगेका थिए ।भिडियो यहाँ हेर्नुहोस:
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता