बाराको जितपुरमा प्रहरी र विद्यार्थीबीच झडप, आक्राेशित विद्यार्थीले प्रहरी भ्यान जलाए
7 years अगाडी
Susma Dhakal
बारा – बाराको जितपुरमा प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ।झडपका कारण जितपुर बजार क्षेत्र अहिले तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले झण्डै १५/१६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ।
एसईई परीक्षा स्थगित गरेको विरोधमा प्रदर्शनमा उत्रेका विद्यार्थीमाथि प्रहरीले लाठीचार्ज गरेपछि स्थिति तनावग्रस्त बनेको हो। आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालय जितपुरको ना१ झ ७१२ नम्बरको भ्यानमा आगजनी गरेका छन।

अहिले पनि प्रहरी र विद्यार्थीबीच झडप भैरहेको छ। प्रहरीले केही राउन्ड हवाई फायर गरेको स्थानीयले बताए पनि पुष्टि हुन सकेको छैन। प्रहरी उपरीक्षक सानुराम भट्टराई कुनै प्रतिक्रिया दिन मानेका छैनन। यसअघि कलैयामा प्रहरी र विद्यार्थीबीच झडप हुँदा एकजना प्रहरी घाइते भएका थिए।
March 30, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...