Sunday 15th March 2026

नेवा: पुच: युएई ले विश्व नेवा: दिवस मनायो।

7 years अगाडी

नेवा: पुच: युएई ले विश्व नेवा: संगठनले हरेक वर्षको मार्चको अन्तिम शनिबार विश्व नेवा: दिवस मनाउन आव्हान गरे अनुरुप युएईमा पनि दोस्रो विश्व नेवा: दिवस WNO का पदाधिकारीहरुको सल्लाह बमोजिम युएईमा आफूहरुलाई अनुकूल परेको दिन मार्च २०१९ शुक्रबारको दिन मनाएको छ।

विश्वमा छरिएर रहेका नेवार समुदाय लाई एक सुत्रमा बाँधेर नेवा: कला, संस्कृति र साहित्य को सम्मान र यसको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्य ले प्रेरित यस दिवस युएईमा पनि दोस्रो पटक मनाइएको हो। पुच:का अध्यक्ष श्री लक्ष्मण श्रेष्ठज्युको सभापतित्वमा भएको कार्यक्रममा पुच:का केन्द्रिय सदस्यहरु तथा यस कार्यक्रम का संयोजक केन्द्रीय सदस्य एवम् अबुधाबी क्षेत्रीय अध्यक्ष सुनिल मान श्रेष्ठ ज्यु लगायत अन्य क्षेत्रीय सदस्यहरु, केन्द्रिय सदस्य-सल्लाहकारहरु साथै मिसा:पुच:को पनि सहभागिता थियो।

पुच:का संरक्षक तथा भुतपुर्व अध्यक्ष श्री प्रमोद श्रेष्ठज्युले नेवा: दिवसको महत्त्व र उपादेयतामा प्रकाश पार्नुभएको थियोे। पुच:का सल्लाहकार तथा एन आर एन ए युएई का शारजाह क्षेत्रीय अध्यक्ष श्री विरेन्द्र कुमार नकर्मीज्युको निवासमा सम्पन्न भएको यस कार्यक्रममा पुच: का केन्द्रीय उपाध्यक्ष श्री राजेश प्रधानज्युले विश्वभर छरिएर बसेका हामी सबै नेवारहरु एकजुट भएर नेवार एेक्यवद्धता जनाउनकोलागी सबैलाई आग्रह गर्नु भएको थियो।

उक्त कार्यक्रम महासचिव श्री कुमार बलामीज्युले संचालन गर्नुभएको थियो। यसै कार्यक्रम बीचमा नेवा: पुच: युएई ले एन आर एन ए युएई को पहलमा नेपालमा हुन लागेको आठौं राष्ट्रिय खेलकुदमा एन आर एन ए एसिसि युएई टोलीबाट प्रतिनिधित्व गर्दै सहभागी हुन जान लाग्नु भएका जम्मा १३ जना प्रतिनिधि मध्ये ४ जना नेवार खेलाडी साथीहरू , अफिसियल निर्णायक तर्फ यस पुच: का केन्द्रीय सदस्य एवम् खेलकुद संयोजक रबी शाहीज्यु र प्रतियोगी खेलाडीहरु तर्फ केन्द्रीय सदस्य एवम् खेलकुद उपसंयोजक हिरालाल श्रेष्ठज्यु , खेलाडी नविन श्रेष्ठज्यु र लोक बहादुर श्रेष्ठज्युलाई वहाँहरुको खेल यात्रामा हौसला प्रदान गर्न खेलकुदका भौतिक साधनहरु जुटाउन को लागी नेवा: पुच: युएई ले सहयोग गर्ने जनाएको छ।

यसैगरी WNO को मध्यपूर्व च्याप्टर, WNO केन्द्र संग नेवा: पुच: युएइको सम्बन्ध बिस्तार गर्ने एवम भावी दिनमा नेवार पहिचान उत्थानको लागी पुच:को भूमिका बारेमा छलफल हुनुका साथै समन्वय गर्ने जिम्मेवारी वहन गर्न पुच: का सल्लाहकार श्री बिरेन्द्र कुमार नकर्मी ज्युलाई नेवा: पुच: युएईको तर्फबाट सर्वसम्मत चयन गरिएको र अन्तमा नेवार भोजको साथै रमाइलो नाँच गान गरि नेवा: पुच: युएईले यसपाली युएई मा विश्व नेवा: दिवस भव्य रुपमा मनाईएको कुरा पुच:का महासचिब श्री कुमार बलामीज्युले जानकारी दिलाउनु भएको छ।

          March 31, 2019 2:39 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...