सगरमाथा शिखर जाने बाटो निर्माणको काम सुरु, दुई दिनमा क्याम्प एक खोलिने
सोलुखुम्बु – सगरमाथा आरोहणको समय सुरु भएसँगै शिखर पुग्ने बाटो निर्माणको काम सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहणको याम सुरुभएसँगै चैत २ गते गतेदेखि आइसफल डाक्टरको टोलीले बाटो बनाइरहेका छन् ।
तर केही दिन यता मौसम प्रतिकुल हुँदा बाटो बनाउने कार्य भने प्रभावित बनेको छ । हिमाल आरोहणको याम सुरु भएसँगै सगरमाथा प्रदुषण नियन्त्रण समिति(एसपीसीसी) बाट खटिएका आइसफल डक्टरका संयोजक आङकामे शेर्पाका अनुसार एक हप्ता यता कुनै पनि काम गर्न सकिएको छैन ।
आइसफल डक्टर आङकामे शेर्पाको नेतृत्वमा गएको १० जनाको समूहले सगरमाथा आधारशिविरदेखि (क्याम्प) १ नजिकैसम्म बाटो बनाउने काम सकेको छ । आइसफल डक्टरले क्याम्प दुई सम्मको बाटो बनाउने छन् भने त्यसभन्दा माथि पर्यटनक आफैँ बाटो बनाउँदै सगरमाथाको शिखर पुग्ने गर्छन् ।
हिमाल आरोहणका लागि सोमबारसम्म १७७ जनाले अनुमति पाए
देशका विभिन्न १२ वटा हिमाल आरोहणका लागि २३ समूहका १ सय ७७ जनाले अनुमति पाएका छन् । पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ८ समूहले अनुमति लिइसकेका छन् ।
यो समूहमा एक नेपाली सहित ७३ जना विदेशी नागरिक रहेका छन् । सन् २०१८ को यही समयमा सगरमाथा आरोहणका लागि ३४ समूह आएका थिए । यस्तै, ८ हजार ५ सय १६ मिटर उचाइको तोत्से हिमाल आरोहणका लागि २ समूहका ११ जना जना र नुप्त्से र आमा दब्बलम हिमाल आरोहणका लागि १÷१ समूहका २० जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार सोमबारसम्म ७ हजार ८ सय ६१ मिटर उचाइको नुप्त्से हिमाल आरोहणका लागि १२ जना र ६ हजार ८ सय १४ मिटर उचाइको आमादब्लम हिमाल आरोहणका लागि ८ जनाले अनुमति लिएका छन् ।
आरोहीबाट ९ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन
सरकारले विभिन्न हिमाल अरोहणका लागि अनुमित लिएका आरोहीबाट ९ करोड ८४ लाख २६ हजार ८ सय २७ रुपैयाँ राजश्व संकलन गरेको छ । देशको विभिन्न १२ वटा हिमाल आरोहणका लागि अनुमित लिएका २३ समूहका १ सय ७७ जनाबाट यो राजश्व संकलन भएको हो ।
जसमा सबैभन्दा धेरै सगरमाथा आरोहणकालागि अनुमति लिएका आरोहीबाट ८ करोड ६३ लाख २५ हजार ५ सय २५ रुपैयाँ राजश्व संकलन भएको पर्यटन विभागका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । विभागका अनुसार तोत्से हिमाल आरोहीबाट २१ लाख ९० हजार ३ सय ३० र नुप्त्से हिमाल आरोहीबाट ७ लाख ९४ हजार ५ सय २० रोयल्टी संकलन भएको छ । यस्तै आमादब्लम हिमाल आरोहीबाट ३ लाख ५२ हजार ९ सय ६० रोयल्टी प्राप्त भएको छ ।
सगरमाथा आरोहणको रोयल्टी ऋतु अनुसार फरक–फरक हुन्छ । विदेशी आरोहीले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नु पर्नेछ । यस्तै शरद ऋतुमा ५ हजार ५०० डलर र गर्मी समयमा २ हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै, नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मीयाममा १८ हजार २५० रोयल्टी तिर्नुपर्ने कानुनी व्यवस्था छ ।
April 2, 2019 11:34 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध