सवारी जाम घटाउन तत्काल चक्रपथभित्रका करिडोर सञ्चालन गरिने
काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ।
उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय
ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ
महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ गते नेपाल
पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी निकायसँग ट्राफिक
सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा छलफल गरिएको थियो।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा बढ्दै गएको ट्राफिक जामलाई कम गर्न तत्काल करिडोर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउँछन्। “उपत्यकाको ट्राफिक सुधारमा करिडोर निर्माणले महत्वपूर्ण भूमिका खेल्न सक्छ”, उनी भन्छन्।
महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारका लागि तीन महीने कार्ययोजनासमेत तयार पारेको छ। महाशाखाले बालकुमारी पुलमुनि, गोपीकृष्ण पुलमुनि, रातोपुलमुनि, सेतोपुलमुनि, कालोपुलमुनि र भत्केको पुलमुनिको करिडोर तत्काल निर्माण गर्नुपर्ने बताएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला उपत्यकाका धेरै स्थानमा करिडोर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउँछन्। “करिडोर निर्माणसँगै उपत्यकामा हुने ट्राफिक जाम धेरै घट्छ”, उनी भन्छन्, पुल निर्माणसँगै उपत्यकामा हुने सवारी दुर्घटनामा समेत कमी आउने उनको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख बढी सवारीसाधन सञ्चालनमा रहेका छन्। तीमध्ये ११ लाख हाराहारीमा सवारीसाधन काठमाडौँ उपत्यकामा सञ्चालित छन्। उक्त सवारीसाधनलाई व्यवस्थापन गर्न उपत्यकामा एक हजार ५०० हाराहारीमा ट्राफिक जनशक्ति खटिँदै आएको छ।
April 2, 2019 12:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध